काठमाडौँ । अब दुध किसानले २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् ।
मङ्गलबारको प्रतिनिधि सभा बैठकमा कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौ अन्तिम सातादेखि दुध किसानको भुक्तानी अवधिलाई २५ दिनमा झार्ने तयारी गरेको बताएकी हुन् ।
बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले ८ महिनासम्म भुक्तानी नपाउने अवस्थालाई अहिले ३ महिनामा झारेको दाबी गरिन्।
उनले विगत ३ महिनाको अवधिमा किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरेको बताइन् । भदौ १ गतेसम्म २३६ सहकारी संस्थाहरूलाई ३५ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेको उनको भनाइ छ ।


