काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै चार सदस्यीय सल्लाहकार समूह बनेको हो।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र सल्लाहकारको जिम्मेवारी दिएका छन्।
यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए। पछिल्लो नियुक्तिसँगै मन्त्रीको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्।
मन्त्रालयका अनुसार सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा मन्त्रीलाई आवश्यक सुझाव र परामर्श दिनेछन्।
ऊर्जा क्षेत्रको विकास, लगानी विस्तार तथा नीतिगत सुधारका विषयमा मन्त्रालयले अघि बढाउने योजनालाई थप प्रभावकारी बनाउन विज्ञहरूको सुझाव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
मन्त्रीका चारै जना सल्लाहकारले अवैतनिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको


