काठमाडौँ । सत्तारूढ रास्वपा सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन शाहले सहिदका नाममा सम्बोधन गर्नैपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै उनले उक्त आन्दोलनमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराइन् । सो दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको उनले बताइन् ।
‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए, प्रधानमन्त्रीज्यूले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु,’ उनले भनिन्।
जेनजी आन्दोलनका कति माग पूरा भए भन्ने देशले जान्न चाहेको पनि उनको भनाइ छ।
‘यो सम्बोधनमा देशले जान्नुपर्छ, सहिद र घाइतेका कति माग पूरा भए र कति बाँकी छ। भ्रष्टचारीलाई कारबाही हुन्छ कि हुँदैन, राम्रा काम गर्न सरकारलाई कसले रोकिरहेको छ, सहिद परिवार र घाइतेका परिवारले कहिले न्याय पाउँछन्रु’ उनले प्रश्न गरिन्।


