काठमाडौँ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा ‘गुन्डाराज’ शब्द विवादित बनेको छ । बैठकमा रास्वपा सांसद टिका संग्रौला ९ज्वाला० ले गुन्डाराज शब्दको प्रयोग गरेकी थिइन् । त्यसपछि प्रतिपक्षका सांसदहरुले आपत्ति जनाएका थिए।
“यो सरकार देशलाई भ्रष्टाचार, अनियमितता, बेथिति र गुन्डाराजको क्यान्सरबाट मुक्त गर्न चाहन्छ,” उनले भनिन् । “अस्ति भर्खरै एउटा विद्वान माननीयज्यूले भन्दै हुनुहुन्थ्यो । तपाईंहरूले सक्नुभएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ । अचम्म लाग्यो,” उनले भनिन् ।
उनले तत्कालीन सरकारले चलाएको गोलीबाट जेनजीहरू मारिएका भन्दै प्रश्न गरिन्, “कुन हिम्मतले यहाँ आउँछौँ र शासन गर्छौं भनिराख्नुभएको छ रु”
उनले बोलिसकेपछि एमाले सांसद साजिदा खातुन सिद्धीकीले आपत्ति जनाइन् । “आज गुन्डाराज कहाँ छ भनेर तपाईंहरूले भन्नुपर्ने परिस्थिति आयो । सरकार तपाईंको छ गुन्डाराज त्यहीँ छ । आज प्रतिपक्षीले बोल्दा गुण्डा भनेर बयान गर्ने रु देशको अवस्था कहाँ गइसकेको छ । प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ,” उनले भनिन् । उनले थपिन्, “हाम्रो सास गए पनि उभिन्छ । हामी गोली खान तयार छौँ । तर, सरकारका गलत कार्यमा हामी समर्थन गर्दैनौँ ।”
सिद्धीकीले बोल्दै गर्दा संग्रौलाले बोल्नका लागि फेरि समय मागिन् । तर एमाले सांसद रिंगला यादवसहितले भर्खरै बोलेकी ज्वालाले नियमापत्ति गर्न नपाइने बताए । सभा चलाइरहेकी उपसभामुख रुवी कुमारीले नियमात्ति गर्न मिल्ने भन्दै प्रतिपक्षी सांसदलाई बस्न भनिन् ।
उनले संग्रौलालाई समय दिइन् । संग्रौलाले भनिन्, “गुण्डाराज शब्दसँग आपत्ति भएछ भने एउटा कुरा प्रष्टसँग भन्न चाहन्छु– तत्कालीन सरकारले केही मानिसहरूलाई इन्काउन्टर गरेको मानिसहरूको लिस्ट देखाइदिऊँ सभामुख महोदय रु”
उनको आपत्ति सकिँदा प्रतिपक्षी केही सांसद उठेका थिए । एमाले सांसद रिंगला सहितले उनलाई नियमापत्ति गर्न दिएकोमा आपत्ति जनाए । त्यसपछि उपसभामुखले एउटै कुरा बारबार नदोहोर्याउन आग्रह गरिन् ।
केही बेरको विवादपछि रिंगलाले समय पाइन् । उनले गुन्डा र अराजक शब्द प्रयोग गरेकोमा आपत्ति जनाइन् । तत्कालीन सरकारले गुन्डा पालेको भनेकोमा आपत्ति जनाइन् ।
“अहिलेको सरकारले कति गुन्डा पालेको छ । उहाँलाई थाहा छ कि छैन ?” उनले भनिन् ।
त्यसपछि सदनको कारबाही अघि बढ्यो ।


