• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, जेठ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ३. इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

  • ४. जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

च्यातिदेऊ त्यो प्रेमपत्र !


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • जो सँगालेर राख्नलाई
    कुनै विशेष छैन
    जो हिफाजत गर्नलाई
    कुनै किमती छैन
    जो अटाएर राख्नलाई
    कुनै स्थान छैन
    जसको न कुनै मोल छ
    न हैसियत
    न ल्याकत न त तक्दिर नै
    खाली ऊ सन्दुकमा थन्काएर
    राखेको सामग्री जस्तै
    बेकसुर ऊ जेलघरमा
    थुनिएको कैदी जस्तै
    कति बाँचोस् ऊ आफूलाई
    आफूभित्र मारेर
    कति बसोस् ऊ खाली पानामा
    मनोरम विनाको सचरित्र भएर
    कति पुकारोस् ऊ कलमलाई
    रित्तो पानामा पनि
    बन्धक बनाइस् भनेर

    Advertisement

    आज आरोपित छ त्यो कलम
    एक मनोहरा स्त्रीको बखान गरेर
    आफ्नो खाली
    हत्केलामा प्रेमरेखा कोरेर
    जो आफू लेख्दा ‘तिमी’ लेख्थ्यो
    जो तिमी
    मुस्कुराउँदा मोनालिसा लेख्थ्यो
    जो तिम्रो
    तस्बिर नियालेर हाल लेख्थ्यो
    जो तिमीलाई हेरेर जून लेख्थ्यो

    तर यस्तै सबै लेखेर पनि
    असफल छ आज ऊ
    तिमीलाई ‘तिमी’ लेख्न नसकेर
    यद्यपि पलपलको बहुत
    बडो मुलाकात छ,तिमी सँग उसको
    जो हावाको झोक्कासँग
    तिमीलाई “मेरी” भनेर खबर पठाउँछ
    तर जब बेमतलब हुन्छ उसको खबर
    तब विवश हुन्छ
    ऊ अदृश्य प्रकट हुन
    अदृश्य तिम्रो हात समाउन
    अदृश्य तिमीलाई सुमसुम्याउन
    अदृश्य तिम्रो कोमल शरीर स्पर्श गर्न
    अदृश्य तिम्रो रित्तो दिलको धड्कन छाम्न
    र अदृश्य तिम्रो घनघोर परेलीहरूमा हराउन

    जो हेरेर तिमीलाई हरघडी,
    अथक द्रष्टा भइदिन्छ
    जो हेरेर तिमीलाई एकोहोरो,
    एकतर्फी प्रेमी भइदिन्छ
    जो खेलेर तिम्रो नयनको दहमा पौडी,
    पौडीबाज भइदिन्छ
    हो,सजाएर मनमा तिम्रो तस्बिर,
    निश्चल मन भइदिन्छ
    जो संगालेर तिम्रो याद,
    चोखो प्रेमी भइदिन्छ

    तर तिमी उसले सम्झेर लगाएको
    बाडुलीसम्म पनि आत्मसात गर्दिनौ
    फोकट
    मृतात्मा बिउँताउन खोजेजस्तो
    जबरजस्त
    भित्तामा हेरेर मुस्कुराउन खोजेजस्तो

    त्यसैले अब चुँडालिदेऊ
    उसका बेतारका भावनाहरू,
    पुरीदेऊ उसका शब्दका गहिराइहरू,
    पखालिदेऊ उसका व्यर्थका आँसुहरू,
    र जलाइदेऊ उसका प्रेमिल मनहरू!

    त्यसैले जिउँदो लास
    त्यो एक प्रेमीको
    च्यातिदेऊ त्यो प्रेमपत्र ।

    -अशोक सुकुमार
    शिखर न.पा.–११, मल्लिसात, डोटी।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून
    शार्दुलबिक्रीडीत छन्द
    विश्व कला दिवस : मानसिक स्वास्थ्यका लागि पनि कला प्रभावकारी माध्यम
    आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी (तस्वीरहरु)
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    भौतिक विकासले मात्रै देश विकास हुदैन : राष्ट्रपति पौडेल

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ३.
      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

    • ४.
      जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • २.
      सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

    • ३.
      अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

    • ४.
      नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

    • ५.
      संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

    • ६.
      करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

    • ७.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • ८.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.