×
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ४. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ५. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ६. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ७. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ८. प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

  • ९. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • १०. ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

च्यातिदेऊ त्यो प्रेमपत्र !


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • जो सँगालेर राख्नलाई
    कुनै विशेष छैन
    जो हिफाजत गर्नलाई
    कुनै किमती छैन
    जो अटाएर राख्नलाई
    कुनै स्थान छैन
    जसको न कुनै मोल छ
    न हैसियत
    न ल्याकत न त तक्दिर नै
    खाली ऊ सन्दुकमा थन्काएर
    राखेको सामग्री जस्तै
    बेकसुर ऊ जेलघरमा
    थुनिएको कैदी जस्तै
    कति बाँचोस् ऊ आफूलाई
    आफूभित्र मारेर
    कति बसोस् ऊ खाली पानामा
    मनोरम विनाको सचरित्र भएर
    कति पुकारोस् ऊ कलमलाई
    रित्तो पानामा पनि
    बन्धक बनाइस् भनेर

    Advertisement

    आज आरोपित छ त्यो कलम
    एक मनोहरा स्त्रीको बखान गरेर
    आफ्नो खाली
    हत्केलामा प्रेमरेखा कोरेर
    जो आफू लेख्दा ‘तिमी’ लेख्थ्यो
    जो तिमी
    मुस्कुराउँदा मोनालिसा लेख्थ्यो
    जो तिम्रो
    तस्बिर नियालेर हाल लेख्थ्यो
    जो तिमीलाई हेरेर जून लेख्थ्यो

    तर यस्तै सबै लेखेर पनि
    असफल छ आज ऊ
    तिमीलाई ‘तिमी’ लेख्न नसकेर
    यद्यपि पलपलको बहुत
    बडो मुलाकात छ,तिमी सँग उसको
    जो हावाको झोक्कासँग
    तिमीलाई “मेरी” भनेर खबर पठाउँछ
    तर जब बेमतलब हुन्छ उसको खबर
    तब विवश हुन्छ
    ऊ अदृश्य प्रकट हुन
    अदृश्य तिम्रो हात समाउन
    अदृश्य तिमीलाई सुमसुम्याउन
    अदृश्य तिम्रो कोमल शरीर स्पर्श गर्न
    अदृश्य तिम्रो रित्तो दिलको धड्कन छाम्न
    र अदृश्य तिम्रो घनघोर परेलीहरूमा हराउन

    जो हेरेर तिमीलाई हरघडी,
    अथक द्रष्टा भइदिन्छ
    जो हेरेर तिमीलाई एकोहोरो,
    एकतर्फी प्रेमी भइदिन्छ
    जो खेलेर तिम्रो नयनको दहमा पौडी,
    पौडीबाज भइदिन्छ
    हो,सजाएर मनमा तिम्रो तस्बिर,
    निश्चल मन भइदिन्छ
    जो संगालेर तिम्रो याद,
    चोखो प्रेमी भइदिन्छ

    तर तिमी उसले सम्झेर लगाएको
    बाडुलीसम्म पनि आत्मसात गर्दिनौ
    फोकट
    मृतात्मा बिउँताउन खोजेजस्तो
    जबरजस्त
    भित्तामा हेरेर मुस्कुराउन खोजेजस्तो

    त्यसैले अब चुँडालिदेऊ
    उसका बेतारका भावनाहरू,
    पुरीदेऊ उसका शब्दका गहिराइहरू,
    पखालिदेऊ उसका व्यर्थका आँसुहरू,
    र जलाइदेऊ उसका प्रेमिल मनहरू!

    त्यसैले जिउँदो लास
    त्यो एक प्रेमीको
    च्यातिदेऊ त्यो प्रेमपत्र ।

    -अशोक सुकुमार
    शिखर न.पा.–११, मल्लिसात, डोटी।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नजन्मनेछ!
    वरिष्ठ साहित्यकार चालिसेको निधन
    ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !
    म त्यो सिटामोल जसरी सहजै र कम मूल्यमा उपलब्ध हुन्न दुनियाँका लागि… तर तिम्रा लागि म हरबखत उपलब्ध हुनेछु प्रिय!! सिटामोल जसरी किनकि म त केवल तिम्रो मात्र दुखाई निवारण मान्छे हुँ अर्थात् (सिटामोल हुँ ) बिना side effects केवल तिम्रा लागि मात्र तिम्रा लागि सिटामोल बन्न चाहन्छु प्रिय
    म सिटामोल
    ‘गुलाबको डाँठ’
    ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ४.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ५.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ६.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    भर्खरै

    • १.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    • २.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ३.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ४.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ५.
      महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

    • ६.
      निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    • ७.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ८.
      ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.