काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बसेको भए पनि प्रधानमन्त्री शाहले बुधबार दिउँसो १ बजेका लागि पुनः बैठक डाकेका हुन् ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले बैठकका लागि १५ मिनेटअघि मात्रै सूचना दिएका थिए । नियमित कार्यतालिकामा रहेका मन्त्रीहरू आकस्मिक सूचना पाएपछि बैठकमा सहभागी हुन पुगेका छन् ।
बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।



