। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी तथा गरिब जनताको पक्षमा रहेको बताएका छन् ।
मेचीनगर–६ स्थित काँकडभिट्टामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले पार्टीले श्रमदानमार्फत गरिब तथा विपन्न समुदायको पक्षमा काम गरिरहेको दाबी गरे । देशका विभिन्न स्थानमा पार्टीका श्रमदाताले श्रमदान गरेर आफ्नो राजनीतिक लक्ष्य व्यवहारमै प्रमाणित गरिरहेको उनको भनाइ थियो ।
अध्यक्ष राईले सुकुम्बासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नबनेको आरोप लगाए । आफूहरू सरकारबाहिर रहेकाले अहिले आवाज उठाउन मात्रै सकेको उल्लेख गर्दै उनले सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउने बताए ।
झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले नागरिकको जीउधनको सुरक्षा गर्न सरकारसँग आग्रह गरे ।
, अर्जुनधारामा आयोजित अर्को जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम गरेरै देशलाई सुखी र समृद्ध बनाउन सकिने धारणा व्यक्त गरे ।
गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ
गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ
तपाईको प्रतिक्रिया



