काठमाडौँ। काठमाडौंको बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनीमा राखिएका चित्रहरुको अवलोकन गर्नेहरुको भीड बढेको छ ।
प्रदर्शनीमा लगभग १५४ कलाकारहरूको २७३ कलाकृतिहरू छन् । चित्रहरुमा व्यक्तिगत कथाहरू र नेपालको सामूहिक सांस्कृतिक महत्व दर्शाउने किसिमका छन् ।