काठमाडौं । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबीच खेलकुद कूटनीति र सहकार्यका विषयमा छलफल भएको छ ।
शुक्रबार भएको शिष्टाचार भेटमा फुलब्राइटलगायत अमेरिकी आदान–प्रदान कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका नेपालीहरूको भूमिकाबारे पनि कुराकानी भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक तथा पाराओलम्पिकलाई लक्षित गर्दै खेलकुद सहकार्यका सम्भावनाबारे छलफल भएको हो ।
भेटमा अमेरिकी विज्ञताको उपयोग गरी नेपाली खेलाडी तथा प्रशिक्षकको प्रशिक्षण, खेलाडी विकास र खेलकुद व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने विषयमा समेत कुराकानी भएको दूतावासले जनाएको छ ।
नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल
नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल
तपाईको प्रतिक्रिया



