• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

इरानले फेरी बन्द गरायो होर्मुज जलमार्ग !


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौं । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ ।

    Advertisement

    उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ।

    अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ।

    सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ।

    अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्‍यो। अब त्यसको मूल्य चुकाउनुपर्नेछ।’

    यता इरानको सरकारी सञ्चारमाध्यमले आईआरजीसीले होर्मुज मार्ग अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ। इरानी पक्षका अनुसार स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको थियो।

    आईआरजीसीले जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरी रोकिएको दाबी गरेको छ। साथै, यस विषयलाई लिएर अमेरिकाले कुनै सैन्य हस्तक्षेप गरे त्यसको ‘कडा जवाफ’ दिइने र क्षेत्रमा रहेका नयाँ अमेरिकी सैन्य आधारहरू समेत निशानामा पर्ने चेतावनी दिएको छ।

    यसअघि पनि अमेरिकी सिफारिसमा ओमानको जलक्षेत्र हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो। इरानले आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग नै ‘सुरक्षित’ भएको दाबी गर्दै आएको छ।

    ती घटनापछि अमेरिकाले इरानमाथि गरेको आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो।

    घटनाक्रमपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको घोषणा गरेका थिए। यद्यपि उनले कूटनीतिक वार्ता भने जारी रहने र मध्यस्थकर्ताहरूले वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको बताएका छन्।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले अमेरिकी अधिकारीहरूलाई मध्यस्थकर्तामार्फत व्यापारिक ट्यांकरमाथिको आक्रमण ‘गल्तीवश’ भएको र त्यसमा आफ्नै सुरक्षा संयन्त्रभित्रको नियन्त्रणबाहिरको समूह जिम्मेवार रहेको सन्देश पठाएको छ।

    यसैबीच, अमेरिकी अधिकारीहरूले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवतजावतका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न र व्यापारिक जहाजमाथिको आक्रमण रोक्ने प्रतिबद्धता जनाउन इरानलाई आग्रह गरेको बताएका छन्।

    तनावबीच इरानका सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले नेतृत्व सम्हालेपछि पहिलो सार्वजनिक सन्देश दिएका छन् । उनका पिता तथा पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमणका क्रममा मृत्यु भएको थियो। शुक्रबार उनको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको थियो।

    राज्य सञ्चारमाध्यममार्फत प्रसारित सम्बोधनमा मोज्तबा खामेनीले ‘बदला लिनु राष्ट्रको इच्छा’ भएको बताएका छन्। उनले अमेरिका र इजरायललाई संकेत गर्दै दुई युद्धमा मारिएका सबै व्यक्तिको रगतको बदला लिइने चेतावनी दिएका छन्।

    उता, अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्नुपर्ने मागसहितका नारा लगाएका थिए। त्यसको प्रतिक्रिया दिँदै ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमणको प्रयास भए इरानमाथि ‘पूर्ण विनाशकारी’ जवाफ दिइने चेतावनी दिएका छन्।

    यसैबीच, वाल स्ट्रिट जर्नललगायत अमेरिकी सञ्चारमाध्यमहरूले इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको गुप्त सूचना इजरायलले वासिङ्टनलाई उपलब्ध गराएको दाबी गरेका छन्। यद्यपि यसबारे स्वतन्त्र पुष्टि भने भएको छैन। बीबीसीबाट

    • इरान
    • होर्मुज
    • होर्मुज जलमार्ग
    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी हिरासतबाट निकोलस मादुरोको पहिलो तस्बिर सार्वजनिक
    बाढीले चीनतर्फ ५५८ जना सम्पर्कविहीन, तीनजनाको मृत्यु
    ह्यारी र मेगन मार्कल बेलायत फर्कने तयारीमा
    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु
    डढेलो निभाउने क्रममा दुई हेलिकप्टर ठोक्किँदा पाइलटसहित दुई जनाको मृत्यु
    कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.