१७ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रस्थित कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बीबीसीका अनुसार आक्रमणमा २७ जना बेपत्ता छन् । राहत सामग्री वितरण केन्द्रलाई समेत निशाना बनाइएको उक्त आक्रमणमा कम्तीमा नौवटा हवाई बम खसालिएको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘अत्यन्त भयावह’ भन्दै निन्दा गरेका छन् । घटनाबारे रुसी सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।
युक्रेनमा रुसी आक्रमणबाट २६ जनाको मृत्यु, उद्धार कार्य जारी
युक्रेनमा रुसी आक्रमणबाट २६ जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईको प्रतिक्रिया



