१८ कात्तिक, काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ ।
प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको एक सिट जित्दै रिपब्लिकन पार्टीबाट सिट खोसेको छ । यस्तै, जर्जियाबाट डेमोक्रेटिक सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन् ।
१७ कात्तिकमा भएको निर्वाचनमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका ३५ सिटका लागि मतदान भएको थियो । यससँगै विभिन्न राज्यमा गभर्नर तथा स्थानीय पदका लागि पनि निर्वाचन भएको थियो ।
अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यभागमा हुने निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ । यसले राष्ट्रपति परिवर्तन नगरे पनि संसद्का दुवै सदनमा कुन दलको बहुमत रहने भन्ने निर्धारण गर्छ ।
ट्रम्पको दोस्रो कार्यकालको बीचमा भएको यस निर्वाचनलाई उनको प्रशासनको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । निर्वाचनको अन्तिम नतिजाले आगामी दुई वर्षमा ट्रम्प प्रशासनलाई आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन कति सहज हुन्छ भन्ने निर्धारण गर्नेछ ।
मध्यावधि निर्वाचनमा ट्रम्पको पार्टीलाई धक्का, डेमोक्रेटिक पार्टीको अग्रता
मध्यावधि निर्वाचनमा ट्रम्पको पार्टीलाई धक्का, डेमोक्रेटिक पार्टीको अग्रता
तपाईको प्रतिक्रिया



