काठमाडौं । चलचित्र ‘कबड्डी’को पाँचौँ शृंखला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को प्रदर्शन मिति तय भएको छ। चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
निर्माण टिमले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। पोस्टरमा मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) क्यारेक्टर लुकमा देखिएका छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रलाई रामबाबु गुरुङले लेखन तथा निर्देशन गरेका छन्। चलचित्रमा दयाहाङ, विजय र बुद्धिसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले र अरुणा कार्कीलगायत कलाकारको अभिनय छ।
निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) चलचित्रका निर्माता हुन्। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ।
सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्र ‘कबड्डी’ शृंखलाको पाँचौँ भाग हो। यसअघि प्रदर्शनमा आएका चारवटै शृंखला बक्स अफिसमा सफल भएका थिए।
कात्तिक ६ गतेदेखि ‘कबड्डी ५’ प्रदर्शनमा
कात्तिक ६ गतेदेखि ‘कबड्डी ५’ प्रदर्शनमा
तपाईको प्रतिक्रिया



