काठमाडौँ । अभिनेत्री निता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ ८१ हजारभन्दा बढी दर्शकले हेरेका छन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति ११ः५९ बजेसम्मको बक्सअफिस विवरणअनुसार ‘पार्वती’लाई ८१ हजार ३९७ दर्शकले हेरेका छन्। फिल्मले टिकट बिक्रीबाट २ करोड २८ लाख ५५ हजार ८३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, अविनाशविक्रम शाह निर्देशित फिल्म‘एलिफेन्ट्स इन द फग’ ३५ हजार ३३७ दर्शकले हेरेका छन्। फिल्मले टिकट बिक्रीबाट १ करोड २५ लाख १३० रुपैयाँ** ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ।
‘पार्वती’मा ८१ हजार दर्शक, ‘एलिफेन्ट्स इन द फग’मा ३५ हजार
‘पार्वती’मा ८१ हजार दर्शक, ‘एलिफेन्ट्स इन द फग’मा ३५ हजार
तपाईको प्रतिक्रिया



