काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को बुधबार ललितपुरस्थित लाबिम मलको क्यूएफएक्समा प्रिमियर गरिएको छ।
फिल्मकर्मी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा भएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तु, मेकिङ, कलाकारको अभिनय तथा गीत–संगीतको प्रशंसा गरेका छन्।
पारिवारिक कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको फिल्ममा पहिलो भागमा हास्य तथा दोस्रो भागमा भावनात्मक पक्षलाई प्रभावकारी रूपमा समेटिएको प्रतिक्रिया प्राप्त भएको छ। पिरियड सेटिङमा तयार पारिएको फिल्मको मौलिकता र निर्माण शैलीलाई समेत दर्शक तथा अतिथिले रुचाएका छन्।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। विष्णु घिमिरे ‘कल्पित’को छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।
यसैबीच, ‘झिंगे दाउ २’ को बुकिङ खुलिसकेको छ। निर्माण पक्षका अनुसार फिल्मले नेपालभरका हलमा राम्रो शो पाएको छ।
प्रिमियरमा प्राप्त प्रतिक्रियापछि फिल्मको जापान प्रदर्शन अधिकारसमेत बिक्री भएको निर्माण पक्षले जनाएको छ।
प्रिमियरमा ‘झिंगे दाउ २’ को चर्चा, बुकिङ खुला
प्रिमियरमा ‘झिंगे दाउ २’ को चर्चा, बुकिङ खुला
तपाईको प्रतिक्रिया



