• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • चितवन । कालिका नगरपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने भोजाड सडकमा पर्याप्त सडकबत्तीको व्यवस्था नहुँदा स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको छ। साँझ र रातिको समयमा सडक पूर्ण रूपमा अन्धकार हुने भएकाले दुर्घटना, आपराधिक गतिविधि तथा वन्यजन्तुको जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल सडकबत्ती जडान गर्न माग गरेका छन्।

    Advertisement

    भोजाड सडक दुवै पालिकाका हजारौं नागरिकले दैनिक प्रयोग गर्ने महत्वपूर्ण मार्ग हो। स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा किसानहरू यही सडक हुँदै भरतपुर आवतजावत गर्ने गर्छन्। विशेषगरी किसानहरूले आफ्नो कृषि उत्पादन बजारसम्म पुर्‍याउन यही सडक प्रयोग गर्दै आएका छन्।

    स्थानीयका अनुसार सडकको ठूलो भाग जंगल क्षेत्रसँग जोडिएको छ। भरतपुर महानगरसँग जोडिने मुख्य मार्ग भए पनि पर्याप्त सडकबत्ती नहुँदा रातिको समयमा यात्रा गर्न नागरिक त्रसित हुने गरेका छन्। विगतमा यस सडकमा विभिन्न गम्भीर दुर्घटना र अप्रिय घटनासमेत भएको भन्दै स्थानीयले अन्धकारका कारण जोखिम अझ बढेको बताएका छन्।

    सडकमा फुटपाथको व्यवस्था नहुँदा पैदलयात्री र साइकल चालक झन् बढी जोखिममा पर्ने गरेका छन्। अहिले पनि धेरै विद्यार्थी, मजदुर र सर्वसाधारण दैनिक रूपमा साइकल प्रयोग गरेर यही सडकबाट आवतजावत गर्ने भए पनि साँघुरो सडक र अन्धकारका कारण सुरक्षित रूपमा यात्रा गर्न कठिन हुने गरेको उनीहरूको गुनासो छ।

    स्थानीयवासीको भनाइमा समयमै सडकबत्ती जडान गरिए सडक दुर्घटना न्यूनीकरण हुनुका साथै रातिको समयमा वन्यजन्तुबाट हुने सम्भावित जोखिम पनि कम हुनेछ। यसले महिला, विद्यार्थी, ज्येष्ठ नागरिक तथा राति कामबाट घर फर्किने नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ।

    यस विषयलाई लिएर स्थानीय युवाहरूले सामाजिक सञ्जालमा #उज्यालो_भोजाड_सडक लगायतका ह्यासट्याग प्रयोग गर्दै अभियानसमेत सुरु गरेका छन्। उनीहरूले एउटा नगरपालिका र महानगरपालिकालाई जोड्ने मुख्य सडक नै अन्धकारमा रहनु अत्यन्त लाजमर्दो विषय भएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्।

    समाजका अगुवाहरू पनि भरतपुर महानगरको विकासको चर्चा देश–विदेशमा भइरहेका बेला महानगरलाई कालिका नगरपालिकासँग जोड्ने महत्वपूर्ण सडकको अवस्था भने अझै अन्धकारमै रहनु विडम्बनापूर्ण भएको बताउँछन्। विकासको उदाहरण प्रस्तुत गरिने शहरसँग जोडिएको यस्तो आधारभूत पूर्वाधारको अभावले स्थानीयलाई निराश बनाएको उनीहरूको भनाइ छ।

    स्थानीयले भोजाड सडक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेको निर्वाचन क्षेत्रसँग समेत जोडिने भएकाले यस समस्याको समाधानमा जनप्रतिनिधिहरूले विशेष चासो दिने अपेक्षा गरेका छन्। नागरिकले जनप्रतिनिधि, भरतपुर महानगरपालिका, कालिका नगरपालिका तथा सम्बन्धित निकायबीच समन्वय गरेर यथाशीघ्र सडकबत्ती जडान गरी सुरक्षित आवतजावतको वातावरण बनाउन माग गरेका छन्।

    “उज्यालो सडक विलासिता होइन, नागरिकको आधारभूत आवश्यकता हो,” भन्दै स्थानीयले ढिलाइ नगरी सडकबत्तीको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

    • कालिका नगरपालिका
    • चितवन
    • भोजाड सडक
    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना
    प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.