काठमाडौं ।निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ को शुभमुहूर्त सम्पन्न भएको छ। बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा कलाकार, निर्माण टिम तथा सञ्चारकर्मीको उपस्थितिमा चलचित्रको मुहूर्त गरिएको हो।
निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन असार २५ गतेदेखि सुरु हुनेछ। विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा दयाहाङ राई र मिरूना मगर मुख्य भूमिकामा रहनेछन्। फिल्मको अधिकांश छायाङ्कन काठमाडौं उपत्यकामा गरिनेछ भने प्रदर्शन मिति आगामी मंसिर १८ गते तय गरिएको छ।
निर्देशक अनिल बुढा मगरले चलचित्रले सामाजिक तथा भावनात्मक कथावस्तु प्रस्तुत गर्ने बताए।
चलचित्रका निर्माता जीवन गुरुङ हुन्। कविता गुरुङ, भोजेन्द्र गुरुङ ९भोज० र सरुन शेरचन सह–निर्माताका रूपमा रहेका छन् भने सुमन गुरुङ र खेम राना सह–निर्मातामा आबद्ध छन्।
फिल्मको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्। पटकथा तथा लेखन राजु स्याङ्तानको रहेको चलचित्रको छायाङ्कन शिशिर बिसंखेले गर्नेछन्। निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत तथा प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन्।
काठमाडौं उपत्यकाभित्रको वितरण अधिकार काफीया फिल्म्सका गोविन्द शाहीले तथा उपत्यकाबाहिरको वितरण अधिकार कुवेर सिने डिष्ट्रिब्युसनले लिएको निर्माण पक्षले जनाएको छ।
दयाहाङ राई र मिरूना मगरसँगै चलचित्रमा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्गबहादुर पुन, सुस्मिता कुँवर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बलबहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईं, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ र डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ।
मुहूर्तसँगै ‘रातो घेरा’को यात्रा सुरु, अर्को सातादेखि छायाङ्कन
मुहूर्तसँगै ‘रातो घेरा’को यात्रा सुरु, अर्को सातादेखि छायाङ्कन
तपाईको प्रतिक्रिया


