काठमाडौं ।व्यावसायिक रूपमा सफल बनेको फिल्म ‘लालीबजार’ले आफ्नो सफलताको खुसी सेलिब्रेसन गर्दै कलाकार तथा निर्माण टिमलाई सम्मान गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मसँग आबद्ध कलाकार, प्राविधिक तथा निर्माण टिमलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार चैत्यदेवी सिंह, बसुन्धरा भुसाल र भुवन चन्दले कदरपत्र वितरण गरेका थिए।
कार्यक्रममा कार्यकारी निर्माता प्रदीप भट्टराईले फिल्म रिलिजको क्रममा नयाँ अनुभव बटुलेको बताउँदै दर्शकको मायाले नै फिल्म सफल भएको प्रतिक्रिया दिए। उनले भने, ‘नयाँ अनुभव भयो। जनताले मन पराएपछि हामी सफल भयौं।’
निर्माता म्याक्स दिपेश खत्री, कलाकार रवीन्द्रसिंह बानियाँ, स्वस्तिमा खड्का, विशाल देवकोटालगायतले पनि कार्यक्रममा सहभागी हुँदै फिल्मलाई साथ र माया दिएकोमा दर्शकप्रति आभार व्यक्त गरे। सफलताको अवसरमा केक काटेर खुसीसमेत साटिएको थियो।
चलचित्र विकास बोर्डका अनुसार पछिल्लो शनिबारसम्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाइ गरेको छ। अन्य अधिकार ९राइट्स० बिक्रीबाट पनि फिल्मले १० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको निर्माण पक्षले जनाएको छ। यही उपलब्धिसँगै लालीबजार’ वर्ष २०८३ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ।
यसैबीच, निर्माता खत्रीले निर्माण संस्था षट्कोण आर्ट्स नयाँ फिल्म निर्माणको तयारीमा रहेको र त्यसका लागि स्क्रिप्ट लेखनको काम भइरहेको जानकारी दिए।
बक्स अफिस सफलतापछि ‘लालीबजार’ टोलीको सेलिब्रेसन
बक्स अफिस सफलतापछि ‘लालीबजार’ टोलीको सेलिब्रेसन
तपाईको प्रतिक्रिया


