• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

‘मेयर भनेको पुरुष मात्रै होइन’ भन्ने भाष्य तोड्दै सुरुङ्‍गामा परिवर्तनको नेतृत्व गर्दै गीता चौधरी


  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित
  • सप्तरी । नेपाली समाजमा अझै पनि “मेयर भनेको कोट–पाइन्ट लगाउने पुरुष र साडी–चोली लगाउने महिला भने उपमेयर” भन्ने सोच पूर्ण रूपमा हट्न सकेको छैन। तर, सुरुङ्‍गा नगरपालिकाकी मेयर गीता चौधरीले त्यही सोचलाई आफ्नो कामबाट चुनौती दिएकी छन्। उनी भन्छिन्, “म शासन गर्न होइन, जनताको सेवा गर्न निर्वाचित भएकी हुँ।”

    Advertisement

    निर्वाचन जितेको दिनदेखि नै उनले आफूलाई राजनीतिक नेतृत्वभन्दा सेवामुखी जनप्रतिनिधिका रूपमा प्रस्तुत गर्दै आएकी छन्। त्यसकै परिणामस्वरूप आज सुरुङ्‍गा नगरपालिका विकास, सुशासन र सामाजिक सुधारका अभियानमा अन्य स्थानीय तहका लागि उदाहरण बन्दै गएको देखिन्छ।

    सुशासनलाई पहिलो प्राथमिकता

    धेरै स्थानीय तहमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विवादले विकासका काम प्रभावित हुने गरेका छन्। तर सुरुङ्‍गा नगरपालिकामा भने फरक दृश्य देखिन्छ। मेयर चौधरीले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय, विश्वास र सहकार्यको वातावरण निर्माण गरेकी छन्। कर्मचारीहरू स्वयंले नगरपालिकामा राजनीतिक हस्तक्षेपभन्दा काम गर्ने वातावरण रहेको भन्दै उनको नेतृत्वको खुलेर प्रशंसा गर्ने गरेका छन्।

    आर्थिक अनुशासन कायम गर्न पनि उनले विशेष ध्यान दिएकी छन्। अघिल्ला कार्यकालदेखि रहेको बेरुजु घटाउने अभियानलाई प्राथमिकतामा राख्दै नगरपालिकालाई आर्थिक रूपमा थप उत्तरदायी बनाउने प्रयास भइरहेको छ।

    नौ वर्षपछि आफ्नै प्रशासकीय भवन

    स्थानीय तह स्थापना भएको करिब नौ वर्षपछि सुरुङ्‍गा नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाएको छ। यसलाई नगरपालिकाको संस्थागत विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    बालविवाह अन्त्यदेखि बालमैत्री नगरसम्म

    सुरुङ्‍गा नगरपालिकाले २०७९ मंसिर १४ गते बालविवाह अन्त्य गर्ने अभियान सुरु गरेको थियो। निरन्तर प्रयासपछि नगरपालिका बालविवाहमुक्त घोषणा हुन सफल भएको छ। यस्तो अभियान सञ्चालन गर्ने देशका स्थानीय तहमध्ये सुरुङ्‍गा पहिलो नगरपालिका बनेको मेयर चौधरीको भनाइ छ।

    त्यससँगै नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ भने आठवटै वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ। अब सम्पूर्ण सुरुङ्‍गालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

    डिजिटल सेवाबाट नागरिकको घरदैलोमा सरकार

    नगरपालिकाका सबै वडामा डिजिटल सेवा विस्तार गरिएको छ। नागरिकले सहज, छिटो र पारदर्शी सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सूचना प्रविधिमैत्री सेवा प्रणाली लागू गरिएको मेयर चौधरी बताउँछिन्।

    विपन्न, महिला र बालबालिकालाई प्राथमिकता

    विपन्न परिवारको जीवनस्तर सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएका छन्। बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र भविष्य सुनिश्चित गर्न दर्जनौं अभियान सञ्चालन भइरहेका छन्। नगरमा महिलाको जनसंख्या पुरुषभन्दा बढी भएकाले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई पनि प्राथमिकतामा राखिएको छ।

    कृषिलाई आर्थिक समृद्धिको आधार

    सुरुङ्‍गा नगरपालिकामा करिब २५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये करिब दुई हजार बिघा क्षेत्रमा आँप खेती हुँदै आएको छ। नगरपालिकाले विषादीरहित तथा अर्गानिक आँप उत्पादनलाई प्रोत्साहन गर्दै किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गरिरहेको छ।

    रासायनिक मलको अभाव राष्ट्रिय समस्या भएकाले यसको समाधान संघीय सरकारले गर्नुपर्ने मेयर चौधरीको धारणा छ। यद्यपि स्थानीय स्तरमा कम्पोष्ट मल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने अभियान नगरपालिकाले निरन्तर सञ्चालन गरिरहेको छ।

    विकाससँगै विश्वास जित्ने नेतृत्व

    मेयर चौधरीका अनुसार जनताले विश्वास गरेर दिएको मतलाई विकास र सेवामार्फत सम्मान गर्नु नै आफ्नो प्रमुख दायित्व हो। सुशासन, पारदर्शिता, सामाजिक सुधार, डिजिटल सेवा, कृषि आधुनिकीकरण र समावेशी विकासलाई केन्द्रमा राखेर सुरुङ्गा नगरपालिकालाई नमुना स्थानीय तह बनाउने अभियानमा उनी निरन्तर सक्रिय छिन्।

    सुरुङ्‍गामा भइरहेको परिवर्तनले एउटा सन्देश स्पष्ट दिएको छ—नेतृत्वको मूल्याङ्कन लिङ्गले होइन, कामले हुन्छ। मेयर गीता चौधरीले यही सन्देशलाई व्यवहारमै स्थापित गर्ने प्रयास गरिरहेकी छन्।

    शनिबार, असार १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.