काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज हेर्दाहेर्दैमा रहेको छ । निवेदक पक्षका वकिलहरूको बहस सकिए पनि सरकार पक्षको बहस भोलिका लागि तोकिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाईमा रिट निवेदक पक्षका वकिलले पक्राउको कानूनी र संवैधानिक आधार नरहेको जिकिर गरेका थिए ।

