१९ कात्तिक, काठमाडौं । अमेरिका र चीनका रक्षा अधिकारीहरूबीच वासिङ्टनमा सैन्य तनाव न्यूनीकरण तथा आकस्मिक संकट व्यवस्थापनबारे उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।
‘क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वर्किङ ग्रुप’ अन्तर्गत नोभेम्बर २ र ३ मा भएको पहिलो औपचारिक बैठकमा सम्भावित सैन्य जोखिम घटाउने र आकस्मिक संकटका बेला प्रभावकारी सञ्चार संयन्त्र विकास गर्ने विषयमा सहमति जुटेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
देशका शीर्ष नेताहरूबीच गत सेप्टेम्बरमा भएको सहमतिअनुसार उक्त संयन्त्र स्थापना गरिएको हो ।
बैठकमा सैन्य जोखिम न्यूनीकरण र संकटका बेला दुवै देशबीच सञ्चार प्रभावकारी बनाउने व्यावहारिक उपायहरूबारे छलफल भएको थियो ।



