काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गरेका छन् ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै प्रधानमन्त्री शाहले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, “देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।”
प्रधानमन्त्री शाहको उक्त टिप्पणी कुन सन्दर्भमा आएको हो भन्नेबारे भने पोस्टमा खुलाइएको छैन ।



