• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ? : भीष्मराज आङ्देम्बे


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए ।

    Advertisement

    उनले भने, ‘डुबे सबै डुब्छौं, उठे सबै उठ्छौं । र सँगै उठ्छौं । दल भिन्न होला तर देश एउटै हो । संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस् । फागुन २१ को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीहरूले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नु भएको छ ।’

    आङ्देम्बेले कांग्रेसको इतिहास र नेतृत्व क्षमतामा गर्व व्यक्त गर्दै विपक्षी दलसँग सहकार्यको भावना व्यक्त गरे । ‘कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर यहीँ संसदमा हुनुहुन्छ । नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र सफल बनेको छ,’ उनले भने ।

    सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए । उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए ।

    ‘हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो । त्यस हिसाबले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ । एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन र खबरदारी गर्न कांग्रेस प्रतिवद्ध छ । परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गर्न चाहन्छु,’ उनले भने । उनले भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछि गरिएको छानविन आयोगको प्रतिवेदनप्रति लक्षित गर्दै प्रश्न समेत गरे ।

    उनले भने,‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन् ।

    किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।’

    उनले भदौ २३ गतेको घटना देख्ने २४ को नदेख्ने अनि कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने भन्दै प्रश्न गरे । ‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने । कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने । यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान ग¥यो, कारवाहीको सिफारिस ग¥यो । तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न,’ उनले अगाडि भने ।

    उनले जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने भन्दै प्रश्न गरे । ‘यस विषयमा सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस् । काँग्रेस दोषी कोहि उम्किनुहुन्न, निर्दोष कोहि फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ । यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं,’ उनले भने ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन
    सरकारबाट जाँदा ढिला हुने भएर पीडितलाई राहत दियौं: ओली
    गृहमन्त्रीलाई ऐन महरको सुझाव: सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्
    सांसद भरत खड्का संसद् बैठकमै ढले

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.