• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, जेठ २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ


  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र दाँतको स्वास्थ्यबारे जनचेतना फैलाउन, रोगहरू रोकथाम गर्न र स्वस्थ्य बानी व्यवहार अपनाउन प्रेरित गर्ने यस दिवसको मुख्य उद्देश्य हो ।
    नेपाल न्यूज बैंकसँगको विश्व मुख स्वास्थ्य दिवस विशेष कुराकानीमा दन्त चिकित्सकहरूले मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

    Advertisement

    उनीहरूका अनुसार मुख स्वास्थ्य केवल दाँत वा गिजासम्म सीमित विषय नभई समग्र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण पक्ष हो । दन्त चिकित्सक काजल ठाकुरका अनुसार मुख स्वास्थ्यलाई शरीरको अन्य भागभन्दा अलग रूपमा बुझ्नु गलत हो। ‘मुख हाम्रो शरीरकै अभिन्न हिस्सा हो, त्यसैले यसको स्वास्थ्यले सम्पूर्ण शरीरको स्वास्थ्यमा प्रभाव पार्छ,’ उनले भनिन्। उनका अनुसार मुखभित्र हुने संक्रमणहरू रक्तप्रवाहमार्फत शरीरका अन्य अंगसम्म पुग्न सक्छन्, जसले मुटुजस्ता संवेदनशील अंगमा समेत असर पार्न सक्छ ।

    उनले नेपालमा मुख स्वास्थ्यको अवस्था क्षेत्रअनुसार फरक रहेको बताइन्। शहर क्षेत्रमा जनचेतना बढ्दै गइरहेको र मानिसहरू नियमित चेकअप तथा उपचारतर्फ सचेत बन्दै गएका छन्। तर ग्रामीण क्षेत्रमा अझै पनि मुख स्वास्थ्यबारे पर्याप्त जानकारी नपुगेको उनले उल्लेख गरिन्।

    उनले भने,‘नेपालमा क्षेत्रको हिसाबले हेर्दाखेरि शहरतिर अलिकति राम्रो हुँदै गएको छ । तर गाउँतिर अहिले पनि त्यस्तै नै छ । हामीले भर्खरै बिकट गाउँमा गएर हेर्यौँ, त्यहाँ एकदमै खराब अवस्था छ । पेसेन्टहरुलाई दैनिक दुई पटक ब्रस गर्नुपर्छ भन्ने कुरा पनि राम्ररी थाहा हुँदैन । शहरतिर बिरामीहरु सचेत हुनुहुन्छ भने गाउँतिर अझैसम्म राम्ररी अवेयरनेस पुगेको छैन । त्यहीँ भएर शहरमा अलि कम हुँदै गइरहेको छ ओरल हेल्थ । गाउँतिर चाहिँ बढ्दै नै गइरहेको छ ।’

    ठाकुरका अनुसार ग्रामीण क्षेत्रमा गिजासम्बन्धी रोगहरू बढी देखिन्छन् । गिजा सुन्निने, दाँत हल्लिने र अन्ततः झर्ने जस्ता समस्या सामान्य छन् । यसको मुख्य कारण मुखको सरसफाइमा ध्यान नदिनु हो ।

    यता, शहर क्षेत्रमा प्रशोधित खानेकुरा र चिनीको बढी सेवनका कारण दाँतमा किरा लाग्ने समस्या बढी देखिएको उनले बताइन् ।
    मुख स्वास्थ्यअन्तर्गत पर्ने रोगहरूबारे उनले दाँतमा किरा लाग्ने, दाँतको क्षय, गिजा रोग, दाँत घिस्रिने, जिब्रोसम्बन्धी समस्या तथा मुख क्यान्सर प्रमुख रहेको जानकारी दिइन्।

    विशेषगरी गुट्खा, खैनी, सुपारी तथा धूम्रपान गर्ने व्यक्तिहरूमा मुख क्यान्सरको जोखिम अत्यधिक हुने उनले चेतावनी दिइन् ।
    त्यसैगरी डेन्टल सर्जन मोनिका सैजुले पनि मुख स्वास्थ्यका बारेमा जनचेतना फैलाउनु अत्यन्तै आवश्यक रहेको बताइन्। उनका अनुसार अधिकांश मानिसहरू दुखाइ नभएसम्म दन्त चिकित्सककहाँ नजाने प्रवृत्ति रहेको छ, जसले गर्दा रोग जटिल भइसकेपछि मात्र उपचारमा आउने अवस्था देखिन्छ ।

    उनले भनिन्,‘मुखमा पहिलो समस्या भनेको दाँत किराले खाने हो । कुइँए सकेको नभएसम्म दुख्दैन। नसासम्म नै नखाएसम्म दाँत दुख्ने भन्ने हुँदैन। जसका कारण अर्थात नदुखेसम्म चेकअपको लागि आउनुहुँदैन । मुखको क्यान्सरको पनि समस्या हुने गरेको छ । जुन प्राय मान्छेहरूले थाहा पाउँदैनन्। गिजा सुन्निने, इन्फेक्सन हुने समस्याहरु पनि हुने गरेका छन् । डायबिटिजहरू वा स्वास्थ्यको सम्बन्धित अरू बडीको सिस्टमसँग रिलेटेड रोगहरूका कारण पनि मुखमा समस्या देखिन सक्छ ।’

    उनले सामान्य व्यक्तिहरूले प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउनुपर्ने सुझाव दिइन्। साथै, मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग भएका व्यक्तिहरूले अझ बढी ध्यान दिनुपर्ने र ३–६ महिनामा नियमित जाँच गराउनु आवश्यक रहेको उनले बताइन्। मुख स्वास्थ्य जोगाउन दिनमा कम्तीमा दुई पटक दाँत माझ्ने, राति सुत्नुअघि अनिवार्य रूपमा ब्रस गर्ने, डेन्टल फ्लस प्रयोग गर्ने र पर्याप्त पानी पिउने बानी बसाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

    साथै, चिनी र प्रशोधित खानेकुराको सेवन कम गर्ने, फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्ने र नरम ब्रस छनोट गर्ने पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
    सैजुका अनुसार पछिल्लो समय दन्त उपचारमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्ट्राअरल स्क्यानर, डिजिटल एक्स–रेजस्ता आधुनिक उपकरणहरूले रोग पहिचान र उपचारलाई सहज बनाएको छ । यस्ता प्रविधि ग्रामीण क्षेत्रमा समेत विस्तार गर्न सके मुख स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।

    ग्रामीण क्षेत्रमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अझै कमजोर रहेकाले स्वास्थ्य शिविर, विद्यालयस्तरीय कार्यक्रम तथा डिजिटल माध्यममार्फत जानकारी प्रवाह गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । उपचारभन्दा पनि रोकथाममा जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।
    समग्रमा, मुख स्वास्थ्यलाई बेवास्ता गर्दा यसले गम्भीर शारीरिक समस्या निम्त्याउन सक्ने भएकाले समयमै सचेत भएर नियमित हेरचाह र परीक्षण गर्न चिकित्सकहरूले सबैलाई आग्रह गरेका छन्।

    शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ
    २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण : १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ
    ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह
    बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड
    आज विश्व स्वास्थ्य दिवस मनाइँदै
    गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी अभियान सुरु

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.