काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिमा रहने ‘विशेषज्ञ’को योग्यता स्पष्ट पार्नुपर्ने माग गरेकी छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्दै उनले विशेषज्ञका लागि कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गर्नुपर्ने बताइन् ।
विधेयकमा स्नातकलाई १० वर्ष, स्नातकोत्तरलाई ५ वर्ष र विद्यावारिधि गरेका व्यक्तिलाई ३ वर्ष अनुभव आवश्यक पर्ने प्रस्ताव छ । कार्कीले संस्थागत विशेषज्ञ र सम्बन्धित विषयमा राय–सुझाव दिने ‘विज्ञ’बीचको भिन्नता पनि स्पष्ट पार्नुपर्नेमा जोड दिइन् ।
उनले विद्यावारिधिलाई थप विशिष्टीकृत योग्यता मान्दै स्नातकोत्तरभन्दा माथिको योग्यतालाई प्राथमिकता दिन सकिने धारणा राखिन्
‘विशेषज्ञ’ र ‘विज्ञ’को स्पष्ट परिभाषा माग्दै तोषिमा कार्की
‘विशेषज्ञ’ र ‘विज्ञ’को स्पष्ट परिभाषा माग्दै तोषिमा कार्की
तपाईको प्रतिक्रिया



