• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

रास्वपाले हतार हतारमा बैठक बोलायो

रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

  • ४. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ५. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • ६. आज सुनचाँदीको मूल्य घट्यो

  • ७. केपी ओलीको स्थान हद फुकुवा

  • ८. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • २० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए । तर न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरु मारिएका छन् ।

    Advertisement

    नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’ अमेरिकी अधिकारीहरूले उक्त अखबारलाई बताएअनुसार, आक्रमणमा ठूलो स्तरको हवाई अभियान समावेश थियो, जसको उद्देश्य भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्नु थियो, ताकि त्यसपछि स्थल सेनाको परिचालन गर्न सकियोस् । ‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारियो, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइए र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरे,’ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ ।

    अमेरिकाको ह्वाइट हाउस वा पेन्टागनबाट मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै सार्वजनिक पुष्टि भएको छैन । अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रातारात गरिएको सफल अपरेसन भनेका छन् । ट्रम्पले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि बताएका छन् ।

    हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् । न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले शनिबार बिहानै अभियोग पत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करी गरेको लगायतका विभिन्न आपराधिक आरोप लगाएका छन् । आलोचकहरूले भने अमेरिकाको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएला मात्र होइन, समग्र क्षेत्रमै थप अस्थिरता निम्त्याउने जोखिम रहेको चेतावनी दिएका छन् ।

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी
    रास्वपाले हतार हतारमा बैठक बोलायो
    रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो
    ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा
    गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ
    विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

    • ४.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ५.
      विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    • ६.
      आज सुनचाँदीको मूल्य घट्यो

    भर्खरै

    • १.
      कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

    • २.
      रास्वपाले हतार हतारमा बैठक बोलायो

    • ३.
      रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

    • ४.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • ५.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ६.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    • ७.
      विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    • ८.
      सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.