• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

रास्वपाले हतार हतारमा बैठक बोलायो

रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

  • ४. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ५. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • ६. आज सुनचाँदीको मूल्य घट्यो

  • ७. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ८. केपी ओलीको स्थान हद फुकुवा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

राजनीतिक दल गाउँ पस्न नपाए चुनाव हुन्छ ?


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • बाराको सिमरामा मंसिर ४ गते (बुधबार) र बिहीबार भएका घटना देशको शान्ति सुरक्षाको अवस्था मापन गर्ने एउटा कडी बनेको छ ।बुधबार दिनभर कर्फ्यु लगाइएको सिमरा क्षेत्रमा बिहीबार पनि झडपका घटना भएपछि पुन: कर्फ्यु लगाइएको छ ।

    Advertisement

    परवानीपुरमा आयोजना गरिएको कार्यक्रममा हिँडेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै शुरू भएको विरोध तोडफोडमा बदलिएपछि बुधबार कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना भयो ।
    झडपका कारण सिमरामा हवाई उडान रद्द भए । नेताहरू जिल्ला जान सकेनन् । सिमरा घटनालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले एउटा स्टेटमेन्ट जारी गरिन्, किन्तु त्यो पर्याप्त छैन ।

    सिंहदरबार–बालुवाटारमा बसेर प्रधानमन्त्रीले राजनीतिक दलहरूलाई चुनावका लागि आह्वान गरिरहँदा सिमरामा भएको घटनाले सरकारको दाबीलाई खण्डन गर्छ ।
    सिमरा प्रकरण एउटा घटना मात्र होइन, यो प्रवृत्ति हो । देशको शान्ति सुरक्षाको अवस्थाको यथार्थ चित्रण हो ।

    अमूक दलको नेतालाई आउन नदिन भन्दै एयरपोर्टमा ढुंगामुडा गर्ने कुरा अस्वीकार्य छ ।

    यसरी राजनीतिक दलका नेताहरू पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने, हुलहुज्जत गर्ने कामले चुनावको वातावरण बन्ने छैन । भयरहित र स्वच्छ निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना कार्यक्रम निर्बाध गर्न पाउनुपर्छ ।

    के अहिले त्यस्तो वातावरण बनेको छ ? छैन । शान्ति सुरक्षा कायम गराउने मामिलामा अहिलेको सरकार असफल जस्तै छ । प्रहरी चौकीबाट लुटिएका हतियार फिर्ता भएका छैनन्, अपराधमा सजाय व्यहोरेका कैदीहरू बाहिर छन् । भदौ २४ गतेको घटनापछि खस्किएको प्रहरीको मनोबल उकास्ने काम भएको छैन ।

    सुरक्षाको वातावरण बनाउने काम प्रहरीको मात्र होइन, राजनीतिक दलहरूको समेत सहयोगले सुरक्षा र चुनावको वातावरण बन्ने हो । जब राजनीतिक दलहरू नै तयार भइसकेका छैनन् भने सरकार प्रमुखको घोषणा र दाबीले चुनाव हुँदैन ।

    कांग्रेस र एमाले जस्ता मूलधारका राजनीतिक दलले भाग लिएनन् भने अरू १०० दलले भाग लिए पनि त्यो चुनावले वैधता पाउने छैन ।

    तर, चुनाव गराउने भनेर गठन भएको सरकारकी प्रमुखले तीन दलका शीर्ष नेताको अनुहार हेर्दिनँ भन्ने अड्डी कसेर बसेकी छिन् ।

    सरकार साँच्चिकै चुनाव चाहन्थ्यो भने राजनीतिक दलका नेताहरूसँग संवाद गरेर चुनावी वातावरण बनाउन लाग्नुपर्थ्यो, तर परिस्थिति उल्टो छ ।

    फागुन २१ मा चुनाव भएपनि, नभएपनि देशमा शान्ति सुव्यवस्था कायम गर्नु जुनसुकै सरकारको कर्तव्य हो । देशमा शान्ति सुरक्षा कायम गर्न सक्दैन भने त्यस्तो सरकार देशका लागि बोझ मात्र हुनेछ ।

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु (तस्विरसहित)
    जेनजीको कब्जामा संसद भवन: वानेश्वर,शितलनिवास,लैनचौर र सिंहदरबार आसपास कर्फ्यु
    संसद भवन घेराउ गर्न पुगे जेन्-जी आन्दोलनकारी :प्रहरीले बर्सायो फोहोरा,लाठी र अश्रु ग्याँस
    सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो
    गोदावरीमा एमालेहरुको भिड- निराश स्थानिय व्यापारी
    आजबाट सुरु भए सोह्र सोह्र श्राद्ध- किन गरीन्छ मरेका मान्छेलाई पितृ मानेर श्राद्ध ?

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

    • ४.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ५.
      विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    • ६.
      आज सुनचाँदीको मूल्य घट्यो

    भर्खरै

    • १.
      कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

    • २.
      रास्वपाले हतार हतारमा बैठक बोलायो

    • ३.
      रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

    • ४.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • ५.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ६.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    • ७.
      विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    • ८.
      सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.