• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

जेनजीको कब्जामा संसद भवन: वानेश्वर,शितलनिवास,लैनचौर र सिंहदरबार आसपास कर्फ्यु


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ। जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली प्रयोग गरेको हो। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

    Advertisement

    बानेश्वरस्थित संसद भवनको सुरक्षा पोस्टमा प्रदर्शनकारीले कब्जा गर्दै राष्ट्रिय झण्डा फहराएका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै अघि बढेका थिए। प्रदर्शनकारीले मुख्य गेटको पर्खाल नाघेर प्रहरी बस्ने सुरक्षा पोस्टमा उक्लिएका छन्। संसद् भवनको चारै तर्फको कुनामा सुरक्षाकर्मीले चौबिसै घण्टा पहरा दिँदै आएका छन्। तर प्रदर्शनकारी उग्र बन्दै अघि बढ्दा सुरक्षा पोस्टमा रहेका कुनै पनि अधिकारी देखिएका छैनन्। उनीहरू आफ्नो सुरक्षाका लागि एकत्रित भएर बसेका थिए। सोही मौका मा प्रदर्शनकारी सुरक्षा पोस्टमा उक्लिँदै नेपाली झण्डा फहराएको दृश्य देखियो।

    प्रहरीले अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरे पनि प्रदर्शनकारी संसद् भवनको मुख्य गेट अगाडि आन्दोलन उग्र बनाइरहेका छन्। प्रहरीले हानेको अश्रुग्याँस प्रदर्शनकारीलाई फर्काउन प्रयोग भएको देखिन्छ। दुई नम्बर गेटमा आगजनी भएको छ भने आगो निभाउन गएको दमकललाई अवरोध सिर्जना गरिएको छ। उनीहरूको अवरोधका कारण दुई नम्बर गेटमा लागेको आगो फैलिँदै गएको छ।

    जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन गरिएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो। त्यसपछि सेना परिचालन गरिएको हो। जेनजीहरूको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी प्रवेश गरेका थिए। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका हुन्।

    नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन्। जेनजीको प्रदर्शनको दृश्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो। प्रदर्शनको दृश्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित हुँदै नयाँ बानेश्वरको संसद भवनभित्रै प्रवेश गरेको थियो। उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो।

    नयाँ बानेश्वर क्षेत्रमा उग्र प्रदर्शन गरिरहेका जेनजीहरू संघीय संसद भवनभित्रै प्रवेश गरेर ढुंगामुढा गरेका छन्। केहीबेरअघि उनीहरू संसद् भवनभित्र पसेका थिए। अहिले प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर उनीहरूलाई बाहिर निकालेको थियो। जेनजी प्रदर्शनकारीले प्रदर्शन रोकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरिसकेको छ। यद्यपि प्रदर्शन भने रोकिएको छैन। सुरक्षा कर्मी बस्ने पोस्टमा प्रदर्शनकारी पुगेर नेपालको झण्डा फहराएका थिए।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यू क्षेत्र विस्तार गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले पछि त्यसलाई विस्तार गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाइएको हो। आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ।

    अपडेट:
    (प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ। सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ। कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन्।)

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.