• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

दुर्गा प्रसाईंलाई मैले कमाण्डर बनाएको हैनः पूर्वराजा ज्ञानेन्द्र शाह


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई आफूले अघि नसारेको बताएका छन्। लञ्ज मिटिङका लागि निर्मल निवास पुगेका राप्रपाका सात जना नेताहरूले सुवेदी र प्रसाईंबारे सोधेपछि पूर्वराजा शाहले दुवैलाई आफूले अघि नसारेको बताएका हुन्।

    Advertisement

    लञ्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए। पूर्वअध्यक्ष लोहनीले लञ्च मिटिङ भएको पुष्टी गरे पनि त्यहाँ भएका कुराहरू बताउन चाहेनन्। ‘त्यहाँ भएका कुराकानीबारे त केही भन्दिनँ तर ह्वी ह्याड अ गुड लञ्च,’ उनले भने।

    लञ्च मिटिङमै भएका अर्का एक नेताले भने पूर्वराजा र नेताहरूबीच भएको कुराकानी संवादकै शैलीमा
    पूर्वराजा: राजेन्द्र, तीनकुनेमा मान्छे मरेछन्, किन त्यस्तो गरेको?
    राजेन्द्र लिङ्देन: हामीले होइन सरकार, नवराज सुवेदी नेतृत्वको टिमले त्यो कार्यक्रम गरेको हो।
    पूर्वराजा: अनि यो समिति कसले बनाएको, तिमीहरूले बनाएको हो?
    राजेन्द्र लिङ्देन: यो त यतैबाट भयो भन्ने छ सरकार। (अध्यक्ष लिङ्देनलाई साथ दिँदै यही बेला प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाही बोले: त्यो समिति यतैबाट बन्यो भनेर मिडियामा खबर आएको थियो)
    पूर्वराजा: मसँग त भेट नै भएको छैन। मैले त त्यो गर पनि भनेको छैन।
    पूर्वराजा: अनि राजेन्द्रले नेतृत्व किन नगरेको?
    राजेन्द्र लिङ्देन: नवराज सुवेदी संयोजक भनेर आएपछि मैले के नेतृत्व गर्ने सरकार।
    पूर्वराजा: त्यो मानिस (नवराज सुवेदी) सँग वर्षौ भइसक्यो भेट नभएको।
    राजेन्द्र लिङ्देन: हाम्रै पार्टीका केही साथीहरू पनि त्यसमा सदस्य हुनुहुन्छ।
    पूर्वराजा: के छ विक्रम? के छ डा सा’ब (प्रकाशचन्द्र लोहनी), मैले त केही भनेको छैन।
    प्रवक्ता ज्ञानेन्द्र शाही: दुर्गा प्रसाईं निर्मल निवास आएको त भिडिओ नै आएको थियो नि त सरकार।
    पूर्वराजा: मसँग त भेट भएको छैन। हाम्रो कोही कर्मचारीसँग भेट्न आएका रहेछन् कि!
    पूर्वराजा: तीनकुने क्षेत्रमा ढुंगा हानाहानको भिडिओ पनि मैले हेरेको छु। त्यहाँ साह्रै नराम्रो भयो। जनताले जे चाहन्छन् त्यही गर्ने हो। आन्दोलन भए पनि प्रहरीलाई ढुंगाको सट्टा फूल दिने हो राजेन्द्र।
    तीन नेताकाअनुसार पूर्वराजाले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर भनेर राप्रपाका नेताहरूलाई पनि भनेका छैनन्।
    देशमा रोजगारी नपाउने अवस्था बनेको, मानिसहरू विदेश गइरहेको भए पनि चुनाव जितेर आएको राप्रपा के हेरेर बसेको छ भन्ने पूर्वराजाको प्रश्न थियो।
    पूर्वराजा: के हेरेर बसेको राजेन्द्र?
    राजेन्द्र लिङ्देन: हाम्रो बहुमत छैन नि सरकार। म सरकारमा जाँदा पनि राम्रै काम गरेको हो।
    पूर्वराजा: पोखरा एअरपोर्टमा त्यत्रो भ्रष्टाचार भयो र त्यहाँ?
    राजेन्द्र: सरकार त्यो हामी सबै समितिको रिपोर्ट हो त्यो।
    पूर्वराजा र राप्रपा नेताहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो। राप्रपा नेताहरूले चैत २६ गते बल्खुमा शान्तिपूर्ण कार्यक्रम गरेको विषय पनि पूर्वराजालाई सुनाएका थिए।

    यसपछि पूर्वराजाले चैत १५ मा हिंसात्मक प्रदर्शन किन भएको भन्ने प्रश्न गर्दा राप्रपा नेताहरूले त्यसमा आफूहरू सहभागी नरहेको कुरा राखे।
    पूर्वराजाले पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई भने राजनीतिकभन्दा पनि पारिवारिक कुराहरू सोधेका थिए। घर परिवार, सञ्चोबिसञ्चो कुरा पूर्वराजाले सोधे पनि पशुपति शम्शेर हाँसे मात्र, खासै जानकारी दिएनन्। राप्रपाका ६ जना नेताले पूर्वराजाकहाँ खाना खाए पनि पूर्वअध्यक्ष पशुपति शम्शेरले खाएनन्।भन्ने खबर स्रोतले जनाएको छ ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.