प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो केही मान्छेहरुले विरोधका लागि विरोध गरिरहेको बताएका छन् । ट्रेड युुनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कसैकसैलाई विरोध गर्ने बानी नै परिसकेको टिप्पणी गरे ।
उनले भने, ‘हामीले राष्ट्रिय एकतालाई प्राथामिकता दिनुपर्छ, कसैकसैलाई बानी परेको हुन्छ विरोध गर्नुपर्छ । जे भएपनि विरोध, जसो गरेपनि विरोध, हामी भरे बेलुका खाना खान्छौं मैले भनेपनि त्यसको पनि विरोध हुन्छ
। के खान खाने, कहाँबाट ल्याएर खाने ? घरमा भएको पो खानु, निहुँ खोज्नलाई अनेक कुरा गर्छन् मान्छेले, झगडा गर्नलाई कुनै कारण चाहिँदैन । बेलुका हामीले खाना खान्छौं भनेपनि त्यसको पनि खण्डन गर्छ । त्यस्तो बानी परेको छ ।’
उनले माओवादीका सांसदले पशुपतिमा सुनको जलहरि चढाउँछु भनेर पित्तल चढाएको भन्दै आफूलाई आरोप लगाएको स्मरण गरे ।