• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि भाइरल फ्लुबाट प्रभावित बालबालिकाको सङ्ख्या बढ्यो


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन्। उनले अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताएका छन् ।

    Advertisement

    तीमध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन्। विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ रहेको छ। उनले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिएका छन् ।

    मौसमी फ्लूबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने उनको भनाइ रहेको छ। अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाब दिएका छन् ।

    त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ डा विष्णुकुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन सातदेखि आठ जना मौसमी रुघाखोकी र भाइरल फ्लु भएका बालबालिका आउने गरेका बताएका छन्।

    उनले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, खाना खानुभन्दा राम्री साबुनपानीले हात धुने, सुईको प्रयोग गर्ने बताए । बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने उनको भनाइ रहेको छ । नेपलागञ्ज कान्ति ओरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले दैनिक १५ देखि २० जना बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए। उनका अनुसार धेरैजसो बच्चामा ज्वरो, रुघाखोकीको समस्या देखिएको छ।

    खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बिरामी भएको उनको भनाइ रहेको छ। सङ्क्रमणबाट बच्नका लागि बालबालिकालाई सकेसम्म माक्स लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने, झोलिलो कुरा खुवाउने, घरभित्रै बच्चालाई राख्ने बालरोग विशेषज्ञ डा.बेराले सुझाव दिएका छन् ।

    अत्यधिक गर्मी बढेपछि बाँकेका अधिकांश विद्यालय बन्द छन् । अत्यधिक मात्रामा गर्मी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालय यही जेठ २१ गते आइतबारदेखि २३ गते मङ्गलबारसम्मका लागि बन्द गरिएको ती पालिकाले जनाएका छन्। आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताएका छन् ।

    उनका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी उक्त तीन दिन विद्यालय बन्द गरिनेछ। ‘नेपालगञ्जमा बढेको अत्यधिक गर्मीले पठनपाठनमा कठिनाइ भएको र विद्यार्थी बिरामी पर्न थालेको कुरालाई मध्यनजर गरी यस उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत विद्यालयमा आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी बिदा गर्न भनेका छु’, उनले भने।

    जिल्लाका अन्य स्थानीय तह पनि गर्मी बिदा गर्ने तयारीमा रहेका जनाइएको छ। मौसम विज्ञान विभाग नेपालगञ्ज बाँकेका अनुसार नेपालगञ्जको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ।

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्
    नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने
    झुम्का कारागारमा ज्वरोको कारण ६ दिनमा ४ कैदीको मृत्यु
    सर्पको टोकाइले मानिस किन मर्छ ?
    रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु
    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.