• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ४. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ५. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ८. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • ९. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,


  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • जनकपुरधाम । मधेश प्रदेशमा पछिल्ला दिनहरूमा लगातार भइरहेका हिंसात्मक घटनाले सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठिरहेका बेला धनुषाको सबैला नगरपालिकास्थित एक मन्दिरमा बस्दै आएका व्यक्तिको निर्मम हत्या भएको छ। धार्मिकस्थलमै भएको यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने प्रदेशको शान्ति–सुरक्षामाथि थप चिन्ता बढाएको छ।

    Advertisement

    धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुर नहरचोकस्थित शिव–हनुमान मन्दिरमा विगत करिब १०–१२ वर्षदेखि बस्दै आएका बन्ठु राउत मृत अवस्थामा फेला परेका हुन्। उनी धनुषाको हँसपुर नगरपालिका निवासी करिब ५५ वर्षीय रहेको खुलेको छ। स्थानीयले उनलाई मन्दिरको पूजारीका रूपमा चिन्ने गरे पनि उनी औपचारिक रूपमा पूजारी नभई मन्दिरको रेखदेख तथा कुरुवाको रूपमा बस्दै आएको सबैला नगरपालिकाका मेयर कारीराम यादव ले स्पष्ट पारेका छन्।

    मेयर यादवका अनुसार घटनास्थल अत्यन्त विभत्स अवस्थामा भेटिएको थियो। मन्दिरभित्र जताततै रगतका छिटा देखिनुका साथै मृतकले ज्यान जोगाउन अन्तिमसम्म संघर्ष गरेको संकेत देखिएको उनले बताए।

    “घटना निकै दुःखद र संवेदनशील छ। अहिले नै हत्या किन र कसरी भयो भन्ने निष्कर्षमा पुग्न सकिने अवस्था छैन। प्रहरीको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण खुल्नेछ,” मेयर यादवले बताए।

    घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेर प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको छ। यद्यपि हत्या कसले र कुन उद्देश्यले गर्‍यो भन्ने विषय अझै खुल्न सकेको छैन। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ।

    मधेशमा एकपछि अर्को हिंसात्मक घटना, सुरक्षा चुनौती थप गहिरिँदै

    यो हत्या मधेश प्रदेशमा पछिल्ला केही दिनयता भइरहेका हिंसात्मक घटनाक्रमकै बीचमा भएको हो। विभिन्न जिल्लामा भएका झडप, आगजनी, साम्प्रदायिक तनाव तथा एक जनाको ज्यान जाने घटनापछि प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ। केही स्थानमा निषेधाज्ञा जारी गरिएको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरिएको छ।

    यही संवेदनशील अवस्थाबीच गृहमन्त्री सुदन गुरुङ मधेशमै पुगेर हिंसात्मक घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्ने, पीडित परिवारसँग भेटघाट गर्ने तथा सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्ने कार्यमा व्यस्त छन्। उनले स्थानीय प्रशासन र सुरक्षा निकायलाई कुनै पनि प्रकारको हिंसा तथा उत्तेजना नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइरहेका बेला धनुषामा धार्मिकस्थलभित्र भएको यो हत्या घटनाले प्रदेशको सुरक्षा चुनौतीलाई अझ गम्भीर बनाएको छ।

    धार्मिक आस्थासँग जोडिएको स्थानमै भएको यो जघन्य घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ। नागरिकहरूले निष्पक्ष र पारदर्शी अनुसन्धान गरी वास्तविक दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्। मधेशमा लगातार भइरहेका हिंसात्मक घटनाले शान्ति, सद्भाव र नागरिक सुरक्षामाथि नयाँ बहस सुरु गराएको छ।

    • कारीराम यादव
    • धनुषा
    • सबैला नगरपालिका
    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’
    गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ
    सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ
    सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल
    मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल
    मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ५.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

    • २.
      समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    • ३.
      मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

    • ४.
      गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

    • ५.
      सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

    • ६.
      कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

    • ७.
      सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

    • ८.
      सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.