• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, असार ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

खरिद प्रक्रियाको अनुसन्धान गर्न नेपाल टेलिभिजनद्वारा समिति गठन

अर्थतन्त्र सुधार्न ढिला नगरी साहसिक निर्णय लिन आग्रह`

अध्ययन बिदा लिएर सम्पर्कविहीन बनेका प्राध्यापकलाई त्रिविको १५ दिने सूचना

साइबर ब्युरोमा खुश्मु ओलीको उजुरी, एक जना पक्राउ

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

  • ५. माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

  • ६. रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

  • ७. तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

  • ८. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ९. सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

  • १०. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • सप्तरी । मधेश प्रदेशको सप्तरी जिल्लामा अवस्थित कञ्चनरुप नगरपालिका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा विकासको अथाह सम्भावना बोकेको स्थानीय तहका रूपमा विकासको यात्रामा निरन्तर अघि बढिरहेको छ। १४३ दशमलव ३३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकामा ६३ हजार पाँच सय ५६ भन्दा बढी नागरिकको बसोबास रहेको छ। समुद्री सतहदेखि ७५ देखि ३०० मिटर उचाइमा रहेको यो नगरपालिका तराई र चुरे क्षेत्रलाई जोड्ने महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ।

    Advertisement

    नेपाल सरकार मन्त्रिपरिषद्को २०७१ वैशाख २५ र २०७३ फागुन २२ गतेको निर्णयअनुसार साविकका पिप्रापूर्व, धोधनपुर, जगतपुर, कञ्चनपुर, रुपनगर, बदगामा, ठेलिया, धरमपुर, बरमझिया र बैरवा गाविसलाई समेटेर कञ्चनरुप नगरपालिका गठन गरिएको हो। हाल १२ वटा वडामा विभाजित नगरपालिका प्रशासनिक रूपमा सुदृढ बन्दै विकास निर्माणका कार्यलाई तीव्रता दिइरहेको छ।

    नगरपालिकाको नामाकरणसँग पनि रोचक इतिहास जोडिएको छ। साविकको कञ्चनपुरबाट “कञ्चन” र रुपनगरबाट “रुप” शब्द जोडेर कञ्चनरुप नाम रहन गएको स्थानीय जनविश्वास छ। बेरियर नजिकको कञ्चन पोखरीका कारण कञ्चनपुर नाम रहन गएको तथा हात्ती, घोडा र लावा–लश्करले सजिएको आकर्षक बस्तीका कारण रुपनगर नाम रहन गएको किंवदन्ती अहिले पनि स्थानीय समाजमा जीवित छ।

    पूर्वमा सप्तकोशी तथा कोशी टप्पु वन्यजन्तु आरक्ष, पश्चिममा कृष्णासबरन र तिरहुत गाउँपालिका, उत्तरमा सप्तकोशी नगरपालिका र उदयपुर जिल्ला तथा दक्षिणमा हनुमाननगर कंकालिनी नगरपालिका रहेको कञ्चनरुप रणनीतिक दृष्टिले महत्वपूर्ण स्थानमा अवस्थित छ। पूर्व–पश्चिम राजमार्ग तथा फत्तेपुर–भारदह–राजबिराज सडक सञ्जालले नगरलाई राष्ट्रिय यातायात पहुँचसँग मजबुत रूपमा जोडेको छ।

    कृषि यहाँको मुख्य आर्थिक आधार हो। धान, गहुँ, मकै, तरकारी खेती तथा पशुपालनमा आधारित स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन नगरपालिकाले सिँचाइ व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। चन्द्रशमशेरको पालामा निर्माण भएको ऐतिहासिक नहर प्रणाली अझै पनि हजारौं किसानका खेतमा सिँचाइको स्रोत बनेको छ। साथै किसानलाई उचित मूल्य दिलाउन तथा कृषि उत्पादनको संरक्षणका लागि चिस्यान केन्द्र र कोल्ड स्टोर निर्माणको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।

    सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ भने १२ वटै वडा कार्यालय भवनबाट स्थानीयस्तरमै सेवा उपलब्ध गराइँदै आएको छ। पौडाहा खोलामा निर्माण गरिएको पुलले वर्षौंदेखिको आवागमन समस्या समाधान गर्दै स्थानीय जनजीवन तथा कृषि बजारलाई सहज बनाएको छ।

    स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै कञ्चनरुप नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण सम्पन्न गरिएको छ। यसबाट स्थानीय नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने आधार तयार भएको छ। शिक्षा क्षेत्रमा समावेशी नीति अपनाउँदै विशेषगरी डोम समुदायका विद्यार्थीलाई साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको छ, जसले विद्यालयसम्मको पहुँच सहज बनाएको नगरपालिकाको दाबी छ।

    कोशी क्षेत्रसँग जोडिएको भूभागको संरक्षणका लागि तारबार निर्माण गरिएको छ। यसले प्राकृतिक सम्पदाको संरक्षण, जोखिम न्यूनीकरण तथा स्थानीय सुरक्षामा योगदान पुर्‍याएको जनाइएको छ। धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि वडा नम्बर ८ को रिठा पोखरी क्षेत्रमा हनुमानको विशाल सालिक स्थापना गरिएको छ, जसले नगरको धार्मिक पहिचानलाई थप बलियो बनाएको छ।

    कञ्चनरुप नगरपालिका विकाससँगै सामाजिक रूपान्तरणको यात्रामा पनि सक्रिय देखिन्छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक समावेशितालाई समान प्राथमिकतामा राख्दै नागरिकको जीवनस्तर उकास्ने अभियान सञ्चालन भइरहेका छन्। यद्यपि युवाको वैदेशिक पलायन, कृषि उत्पादनको बजार व्यवस्थापन, आधुनिक प्रविधिको विस्तार तथा दीर्घकालीन आर्थिक गतिविधि विकास अझै चुनौतीका रूपमा रहेका छन्।

    स्थानीय स्रोत, प्राकृतिक सम्पदा तथा नागरिकको सहकार्यलाई प्रभावकारी रूपमा उपयोग गर्न सके कञ्चनरुप नगरपालिका आत्मनिर्भर र समृद्ध नगरका रूपमा स्थापित हुने पर्याप्त सम्भावना रहेको स्थानीय सरोकारवालाहरूको विश्वास छ। ऐतिहासिक सम्पदाको संरक्षण, कृषिको आधुनिकीकरण, पूर्वाधार विस्तार तथा नागरिक केन्द्रित सेवामा सुधार गर्दै कञ्चनरुप नगरपालिका विकासको नयाँ अध्याय लेखिरहेको छ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन
    रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
    गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?
    प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश
    हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • ५.
      माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

    • ६.
      रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

    भर्खरै

    • १.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • २.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ३.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    • ४.
      खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

    • ५.
      फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

    • ६.
      खरिद प्रक्रियाको अनुसन्धान गर्न नेपाल टेलिभिजनद्वारा समिति गठन

    • ७.
      अर्थतन्त्र सुधार्न ढिला नगरी साहसिक निर्णय लिन आग्रह`

    • ८.
      अध्ययन बिदा लिएर सम्पर्कविहीन बनेका प्राध्यापकलाई त्रिविको १५ दिने सूचना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.