• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रदेश सभापतिको निर्वाचन हार्दा राजनीतिबाटै बिश्राम

माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि

सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी

लोकप्रिय समाचार

  • १. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • २. घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

  • ३. रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

  • ४. सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

  • ५. असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

  • ६. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

  • ७. भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

  • ८. सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

  • ९. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • १०. बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशन २९ जेठमा पोखरामा हुँदैछ । अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यतिबेला चर्चाको केन्द्रमा छ । सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिशरण आचार्य र नेता माधव कँडेल मुख्य आकांक्षी छन् ।

    Advertisement

    साथै डा. हरि कार्की र नेपाली कांग्रेसका पूर्वनेता तथा संघीय सांसद एवं पूर्वमन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चा भएको छ । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका खड्कापछि क्षेत्री समाजकाे नेतृत्व गर्दै, जातीय पहिचानसहितकाे संघीयताकाे विराेधमा आन्दाेलन चर्काउँदै राष्ट्रिय अखण्ड पार्टी खाेलेर दाेस्राे संविधान सभामा सांसद तथा मन्त्रीसमेत बनेका खड्का २०७४ काे चुनावअघि कांग्रेसमै फर्केका थिए ।

    कांग्रेसबाट गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्रीसमेत भएका खड्का कारबाहीमा परेपछि २०८२ काे चुनावअघि रास्वपा छिरेका हुन् । उनै खड्कालाई प्रदेश सभापतिकाे आकांक्षीका रूपमा चर्चा गरिएकाे छ । तर, खड्काले आफू आकांक्षी नरहेकाे बताए । ‘साथीहरूले चर्चा गर्नुभएकाे छ । तर, मेराे कुनै आकांक्षा छैन । म प्रदेश सभामा उम्मेदवार हुने हाे । प्रदेश सभापतिमा हाेइन,’ खड्काले न्युज एक्सप्रेससंग भने । रास्वपा गण्डकीको नेतृत्वका लागि अहिले ५ जना नेताबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। वर्तमान सभापति गौतम पुनः नेतृत्व दोहोर्‍याउने तयारीमा छन् भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दाबी गरिरहेका छन् ।

    पूर्वमन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनीतिक अनुभवलाई अघि सारेका छन् भने कँडेलले संगठन विस्तार र निर्वाचन अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गरेका छन् । हरिशरण माओवादी सशत्र संघर्ष हुँदै बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्तिबाट गण्डकीकाे सांसद हुँदै ऊर्जा मन्त्रीसमेत बनेका थिए । उनी २०७९ काे चुनावअघि रास्वपा छिरेका थिए । कडेंल २०७९ काे चुनावमा कास्की-२ मा रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार थिए । चुनाव एमालेकी विद्या भट्टराईले चुनाव जिते पनि लाेकप्रिय मत ल्याएर कँडेल पनि चर्चामा आएका थिए ।

    हरि कार्की लाैराे अभियान हुँदै रास्वपा प्रवेश गरेका हुन् । वर्तमान सभापति गाैतमले आफू फेरि दाेहाेरिन चाहेकाे, संघीय सांसद र संगठनकाे जिम्मेवारी फरक कुरा भएकाे गाैतमले अनलाइनखबरसँग बताए । २९ जेठमा पोखरामा हुने अधिवेशनले गण्डकीमा रास्वपाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ प्रतीक्षा भइरहेको छ।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रदेश सभापतिको निर्वाचन हार्दा राजनीतिबाटै बिश्राम
    माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट
    अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही
    सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग
    बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि
    सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

    Facebook Page

    लोकप्रिय

    • १.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • २.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ५.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ६.
      प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

    भर्खरै

    • १.
      प्रदेश सभापतिको निर्वाचन हार्दा राजनीतिबाटै बिश्राम

    • २.
      माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

    • ३.
      रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

    • ४.
      अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

    • ५.
      सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

    • ६.
      बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि

    • ७.
      सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

    • ८.
      इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.