काठमाण्डौ। सर्वोच्च अदालतले बालसैनिक भर्तीविरुद्ध कानुन बनाउन परमादेश जारी गरेको छ । न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको इजलासले बालसैनिक भर्तीविरुद्ध कानुन बनाउन परमादेश जारी गरेको हो ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा बालसैनिक भर्ती गरिएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलगायतविरुद्ध लेनिन विष्टसहितले मुद्दा दर्ता गरेका थिए ।
विष्ट आफैँले बालसैनिकका रूपमा काम गरेका थिए । उनले आफूहरूले न्याय नपाए तत्कालीन माओवादी नेताहरूलाई अन्तराष्ट्रिय अदालतले उभ्याउने चेतावनी दिँदै आएका थिए ।

