• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

पशु वधशाला र मासु जाँच ऐन संशोधन गरिँदैः नियम मिच्नेलाई १ लाखसम्म जरिवानाको प्रस्ताव


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौँ पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ ।मन्त्रालयले विधायन ऐन, २०८१ को प्रक्रिया बमोजिम सरोकारवाला र सर्वसाधारणको राय सुझावका लागि यो मस्यौदा प्रकाशन गरेको हो । विशेषगरी नेपालको संविधान बमोजिम तीनै तहको सरकारको क्षेत्राधिकार स्पष्ट पार्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो ।

    Advertisement

    प्रस्तावित संशोधनमा पशु वधशाला स्थापना र सञ्चालनका लागि विभागबाट अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको छ । मासुको परिभाषालाई समेत थप व्यापक बनाउँदै मानिसले खान योग्य अप्रशोधित, अर्ध–प्रशोधित र प्रशोधित सबै प्रकारका मासुलाई यसको दायरामा ल्याइएको छ ।

    मस्यौदाले पशु वधशाला, मासु बिक्री केन्द्र र प्रशोधन स्थलहरूमा सरसफाइ र गुणस्तरको कडा मापदण्ड तोक्ने अधिकार संघीय सरकारलाई दिएको छ भने प्रदेश सरकारलाई पनि आफ्नो क्षेत्रभित्र आवश्यक कानुन र नियम बनाउने बाटो खुला गरेको छ ।

    यस विधेयकको सबैभन्दा महत्त्वपूर्ण पक्ष जरिवानामा गरिएको भारी वृद्धि हो । हाल प्रचलनमा रहेको ऐनमा सजायको दर कम भएका कारण प्रभावकारी नियमन हुन नसकेको ठहर गर्दै नयाँ मस्यौदामा २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ । यसअघि ५०० देखि १ हजार रुपैयाँसम्म रहेको जरिवानालाई बढाएर २५ हजारदेखि ५० हजारसम्म र १ हजार देखि २ हजारसम्म रहेको जरिवानालाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म पु¥याउने प्रस्ताव गरिएको छ ।

    यस्तो कडा सजायले मासु व्यवसायीहरूलाई गुणस्तर र स्वच्छताप्रति थप जिम्मेवार बनाउने अपेक्षा मन्त्रालयले राखेको छ । मन्त्रालयले यो मस्यौदा उपर आगामी सात (७) दिनभित्र आफ्ना राय तथा सुझावहरू पठाउन सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.