• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का


  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ ।

    Advertisement

    कतार इनर्जीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै सन् २०२६ मार्च १८ र १९ को बिहान भएको उक्त आक्रमणले प्रमुख उत्पादन सुविधाहरूमा व्यापक क्षति पु¥याएको जनाएको छ । ऊर्जा मामिलाका राज्यमन्त्री एवं कतार इनर्जीका सीईओ साद शेरिदा अल–काबीका अनुसार, क्षतिग्रस्त संरचनाहरूको पूर्ण मर्मत गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्छ । यसबाट वार्षिक रूपमा करिब २० अर्ब अमेरिकी डलर राजस्व गुम्ने अनुमान गरिएको छ ।

    यो अवरोधले भारतका लागि ठूलो चुनौती खडा गरेको छ, किनकि भारतले आफ्नो कुल एलएनजी आयातको झण्डै ४७ प्रतिशत हिस्सा कतारबाट लिने गर्दछ । भारतमा हुने ग्यासको अभाव र मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिन्छ । नेपालले आफ्नो शतप्रतिशत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आयात गर्दछ । यदि भारतले कतारबाट हुने आपूर्ति कटौतीका कारण अन्तर्राष्ट्रिय बजारबाट महँगोमा ग्यास किन्नु परेमा, त्यसको सिधा असर नेपालमा हुने आयात मूल्यमा पर्नेछ । यसले नेपालमा खाना पकाउने ग्यास र यातायात इन्धनको मूल्य अत्यधिक बढाउन सक्छ ।

    कतार नेपाली वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक हो । त्यहाँका औद्योगिक क्षेत्रहरूमा भएका यस्ता आक्रमणले हजारौं नेपाली श्रमिकहरूको सुरक्षामा चिन्ता थपेको छ । यदि ऊर्जा क्षेत्रमा आएको मन्दीका कारण कतारको अर्थतन्त्र खुम्चियो भने, नेपाली श्रमिकहरूको रोजगारी र नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) मा ठूलो गिरावट आउन सक्छ, जसले नेपालको विदेशी मुद्रा सञ्चितिमा दबाब दिनेछ ।
    इन्धनको मूल्य बढ्ने बित्तिकै ढुवानी खर्च बढ्ने र त्यसले बजारमा खाद्यान्न लगायतका उपभोग्य वस्तुको मूल्य वृद्धि गराउने निश्चित छ। पहिले नै मुद्रास्फीतिको चाप झेलिरहेको नेपाली अर्थतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने अर्थविद्हरूको विश्लेषण छ ।

    कतारको आधिकारिक जानकारी अनुसार, आक्रमणमा एलएनजी उत्पादन गर्ने ’ट्रेन ४’ र ’ट्रेन ६’ मा क्षति पुगेको छ, जसले वार्षिक १२.८ मिलियन टन उत्पादन गर्थे। साथै, सेलद्वारा सञ्चालित पर्ल जीटीएल सुविधामा पनि क्षति पुगेको छ, जहाँबाट स्वच्छ इन्धन र लुब्रिकेन्ट्स उत्पादन हुन्थ्यो ।

    मन्त्री अल–काबीले यो संकटको प्रभाव भारतसहित चीन, दक्षिण कोरिया, इटाली र बेल्जियममा पनि पर्ने र कतारले केही दीर्घकालीन सम्झौताहरूमा ’फोर्स मेजेर’ (काबू बाहिरको परिस्थिति) घोषणा गरेको पुष्टि गरेका छन् । एएनआई

    शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    गोरखाको थेराङखोलामा आएको बाढीले बगायो ४ घर

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.