• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

लेबनानमा हिंसा बढ्दा एक सातामै ८३ बालबालिकाको मृत्यु


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • फाल्गुन २६,काठमाडौं । लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालीको ज्यान गएको छ । बालबालिकाको ज्यान जाने र घाइते हुने घटना तीव्र रूपमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
    युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको बताएका छन् ।

    Advertisement

    उनका अनुसार मार्च २ यता लेबनानमा कम्तीमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन् । पछिल्लो एक सातामा दैनिक औसतमा १० भन्दा बढी बालबालिकाको ज्यान गएको र करिब ३६ जना बालबालिका घाइते भएको तथ्यांकले देखाएको छ ।
    युनिसेफका अनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन् । पछिल्ला ६ दिनमै बालबालिकाको मृत्यु संख्या २५ प्रतिशतले बढेको भन्दै संस्थाले यसलाई अत्यन्तै भयावह अवस्था भनेको छ ।

    “देशभर भइरहेका सैन्य आक्रमणका कारण बालबालिका भयावह दरमा मारिने र घाइते हुने क्रम जारी छ,” बेइगबेन्डरले भने, “परिवारहरू डरका कारण घर छोडेर भाग्न बाध्य छन् र हजारौं बालबालिका चिसो तथा भीडभाडयुक्त आश्रयस्थलमा रात बिताउन बाध्य भएका छन् ।”
    युनिसेफका अनुसार द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन् । जसमा करिब २ लाख बालबालिका रहेका छन् । संस्थाले सबै पक्षलाई नागरिक तथा नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गरेको छ । विद्यालय, आश्रयस्थल तथा अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि युनिसेफले आह्वान गरेको छ ।

    पश्चिम एशियामा इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण क्षेत्रीय द्वन्द्व चर्किँदै गएको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको हो ।

    त्यसपछि इरानले प्रतिउत्तरस्वरूप विभिन्न अरब देशमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली लक्ष्यमा आक्रमण गरेको थियो । इजरायलले पनि इरानमाथि आक्रमण जारी राख्दै द्वन्द्वलाई लेबनानसम्म विस्तार गरेको र हिज्बुल्लाह तथा इरान समर्थित समूहलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको बताइएको छ ।

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    गोरखाको थेराङखोलामा आएको बाढीले बगायो ४ घर

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.