• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • २० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए । तर न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरु मारिएका छन् ।

    Advertisement

    नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’ अमेरिकी अधिकारीहरूले उक्त अखबारलाई बताएअनुसार, आक्रमणमा ठूलो स्तरको हवाई अभियान समावेश थियो, जसको उद्देश्य भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्नु थियो, ताकि त्यसपछि स्थल सेनाको परिचालन गर्न सकियोस् । ‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारियो, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइए र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरे,’ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ ।

    अमेरिकाको ह्वाइट हाउस वा पेन्टागनबाट मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै सार्वजनिक पुष्टि भएको छैन । अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रातारात गरिएको सफल अपरेसन भनेका छन् । ट्रम्पले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि बताएका छन् ।

    हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् । न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले शनिबार बिहानै अभियोग पत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करी गरेको लगायतका विभिन्न आपराधिक आरोप लगाएका छन् । आलोचकहरूले भने अमेरिकाको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएला मात्र होइन, समग्र क्षेत्रमै थप अस्थिरता निम्त्याउने जोखिम रहेको चेतावनी दिएका छन् ।

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    गोरखाको थेराङखोलामा आएको बाढीले बगायो ४ घर

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.