• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

उच्च रक्तचापको कारण, असर र नियन्त्रणका उपाय


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ ।सामान्य शारीरिक गतिविधि र तनावरहित अवस्थामा पनि यदि शरीरका विभिन्न प्रणालीमा रक्तसञ्चार गर्ने धमनीहरूमा १४० mmHg सिस्टोलिक र ९० mmHg डायस्टोलिकभन्दा बढी रक्तचाप मापन गरिन्छ भने यस अवस्थालाई उच्च रक्तचाप (Hypertension) भनिन्छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, मुटु तथा रक्तसञ्चार प्रणालीसँग सम्बन्धित रोगहरू विश्वका प्रमुख मृत्युका कारणहरूमा पर्दछन्। उच्च रक्तचाप एक नसर्ने तर दीर्घकालीन र गम्भीर प्रकृतिको रोग हो, जसले वर्षेनी विश्वभर झन्डै ७५ लाख मानिसको मृत्यु गराइरहेको छ।

    Advertisement

    मुख्य कारणहरू
    उच्च रक्तचापका कारणहरू दुई श्रेणीमा विभाजन गर्न सकिन्छ:

    प्राथमिक (आधारभूत) उच्च रक्तचाप
    यसमा वंशाणुगत प्रवृत्ति, वातावरणीय प्रभाव, उमेर, लिङ्ग, जातीयता, खानपान र जीवनशैली जस्ता कारकहरू मुख्य भूमिका खेल्दछन्।कुनै निश्चित कारण पत्ता नलागे पनि ती कारकहरूले रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्छन्।

    द्वितीयक (दोस्रो) उच्च रक्तचाप

    मिर्गौला, इन्डोक्राइन ग्रन्थी, उत्सर्जन प्रणालीको रोग, गर्भावस्था, मोटोपना, अत्यधिक मदिरा वा नशालु पदार्थ सेवन, मानसिक तनाव, रक्तनलीको संरचनागत खराबी आदिका कारण उत्पन्न हुन्छ।

    कसरी लाग्दछ उच्च रक्तचाप?
    शरीरका ग्रन्थीहरूले हर्मोन सन्तुलन गरी अंगहरूको गतिविधि नियमित गर्छन्। मुटु र रक्तनली चुस्त, लचिलो र त्रुटिरहित हुनुपर्ने रक्तसञ्चार प्रणालीमा यदि अवरोध आउँछ—जस्तै धमनीहरूमा बोसो वा कोलेस्टेरोलको थुप्रो जम्न थाल्यो भने—रक्तचाप बढ्न थाल्छ। विशेषगरी मिर्गौलाको असन्तुलनले उच्च रक्तचाप निम्त्याउँछ। यदि मिर्गौलाले पानी र सोडियम ठीकसँग निष्काशन गर्न सकेन भने, शरीरमा सो पदार्थहरू संचित भई रक्तसञ्चार प्रणालीमा दबाव बढ्छ। साथै, रेनिन, एन्जियोटेन्सिन र अल्डोस्टेरोन जस्ता हर्मोनहरू असन्तुलित भएर रक्तनली संकुचित पार्छन्, जसले रक्तचाप उच्च बनाउँछ।

    प्रभावहरू
    उच्च रक्तचापलाई “मौन हत्यारा” पनि भनिन्छ, किनकि यसको प्रारम्भिक चरणमा खासै लक्षण देखिँदैनन्, तर दीर्घकालीन असर अत्यन्त गम्भीर हुन्छ। मुटुले धेरै बलपूर्वक रगत पम्प गर्नुपर्दा यसको भित्ताहरू बाक्ला बन्छन्, जसले हृदयाघातको जोखिम बढाउँछ। उच्च रक्तचापले मिर्गौलामा संयोजी तन्तु जम्मा गराएर यसले पिसाबमा प्रोटिन चुहिने अवस्था ल्याउँछ (Proteinuria)। समयसँगै मिर्गौलाको कार्यक्षमता नष्ट हुन्छ। रक्तस्राव, मस्तिष्कघात (Stroke), दृष्टि कमजोर हुनु वा स्थायी क्षति पुग्न सक्छ।

    नियन्त्रणका उपायहरू
    नियमित रुपमा रक्तचापको निगरानी र बायोकेमिकल परीक्षण गर्नु। मानसिक तनावबाट जोगिनु, पर्याप्त निद्रा लिनु। धुम्रपान, मद्यपान, नशालु पदार्थको सेवन त्याग गर्नु।कोलेस्टेरोलयुक्त र अत्यधिक चिल्लो खानेकुरा परहेज गर्नु। नियमित व्यायाम, योग, ध्यान र सन्तुलित भोजन अपनाउनु।

    उच्च रक्तचाप एक यस्तो रोग हो जसको सुरुवात प्रायः लक्षणविहीन हुन्छ, तर दीर्घकालीन असर गम्भीर हुन्छ। त्यसैले यस रोगबारे सचेत रहनु, समयमै परीक्षण गर्नु र जीवनशैलीमा सन्तुलन ल्याउनु नै यसको प्रभावकारी रोकथाम हो। स्वास्थ्यप्रद बानी–व्यवहार र नियमित चेकअपमार्फत यो मौन घातक रोगलाई जित्न सकिन्छ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    दर्ता नभएका चिकित्सक तथा संघसंस्थाले अस्थायी दर्ता लिएर बाढीपीडितको उपचार गर्न पाउने
    नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
    उपचार सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, चिकित्सक कुट्नेलाई कारबाही गर्ने वाचा
    निजामती कर्मचारी अस्पताल ( सिभिल ) को कार्यकारी निर्देशकमा डा. परियार

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.