• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

शिक्षक नभए निजामती कर्मचारी,कक्षा १२ को परीक्षा भएरै छोड्छः परीक्षा बोर्ड


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गराउने भएको छ । शिक्षक आन्दोलनले परीक्षा हुने नहुने अन्योल बढिरहेको बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । तर, आन्दोलनरत शिक्षकले कक्षा १२ को परीक्षा सहभागी नहुने बताउँदै आएका छन्। शिक्षक महासंघले नै कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ।

    Advertisement

    बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए। परीक्षा संवेदनशील विषय भएकाले शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्ने निर्णय भएको उनको भनाई छ। उनले भने, ‘हामी छलफलमै छौं। परीक्षा संवेदनशील विषय भएकाले शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्छौं। कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ।’ शिक्षकहरुले नमानेको खण्डमा सरकारले निजामती कर्मचारी खटाएर भएपनि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।

    यद्यपी निजामति कर्मचारी खटाउनेबारे छलफल भएपनि निर्णय भने भइनसकेको स्रोतको भनाई छ। परीक्षा प्रभावित हुँदा करिब साढे पाँच लाख विद्यार्थीको परीक्षा अनिश्चित हुने भएकाले सरकार गम्भीर रुपमा लागेको बताइएको छ। आन्दोलनले एसईईको मूल्यांकन तथा नयाँ भर्ना प्रक्रियासम्मलाई अवरुद्ध गरिदिएको छ। प्रवेशपत्र हातमा बोकेका विद्यार्थी परीक्षा केन्द्र जाने, नजाने भन्ने अन्योलमा थिए। सरकारले शिक्षकहरूको माग पूरा गर्ने बताएपनि शिक्षकहरू भने निरन्तर आन्दोलनमा छन्। उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

    काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म नै शिक्षक भरिएका छन्। शान्तिपूर्ण रूपमा उनीहरूले आन्दोलन गरिरहेका छन्। सडकमा गीत गाउँदै नाच्दै प्रदर्शन गरिरहेका छन्। शिक्षक आन्दोलनका दिनदेखि नै काठमाडौंको यातायात पनि प्रभावित छ। दिउँसो माइतीघर बबरमहलदेखि नयाँबानेश्वरसम्मको यातायात ठप्प हुने गरेको छ। सडकमा शिक्षकको भरिभराउ भएका कारण सर्वसाधारण यात्रुहरूले भने सास्ती बेहोर्दै आएका छन्।

    चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक,कर्मचारी काठमाडौं आएका छन्। १२ बजेबाट ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले बिहान ९ बजेदेखि दिउँसो १२ सम्म आन्दोलन गर्न सुरु गरेका हुन्। सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले समेत राजीनामा दिएकी छन्।

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.