• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

कसरी राजीनामा दिन बाध्य भयो शिक्षामन्त्री ? कारण नैतिक जिम्मेवारी की प्रधानमन्त्री ?


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् ।

    Advertisement

    शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् । तर, स्रोतका अनुसार, प्रधानमन्त्री ओलीसँगको मतभेद र उनको दबाबका कारण मन्त्री भट्टराई राजीनामा दिन बाध्य भएको दाबी गरिएको छ ।

    प्रधानमन्त्री ओलीको शिक्षक आन्दोलनका विषयमा गरिएका टिप्पणीप्रति मन्त्री भट्टराई असन्तुष्ट थिइन् । पार्टीको बैठकमा पनि उनले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

    शिक्षकहरूको २० दिनदेखिको काठमाडौं केन्द्रित आन्दोलनले सरकारलाई दबाबमा पारेको छ । शिक्षा ऐन सम्बन्धी मागहरू पूरा गर्न सरकारले ठोस कदम चाल्न नसकेपछि मन्त्री भट्टराईमाथि प्रश्न उठेको थियो ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई लिएर मन्त्री भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री ओलीले उल्टै मन्त्री भट्टराईको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

    प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलप्रति बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । आजै पनि उनले शिक्षक आन्दोलनका नाममा कहिले जादु देखाएको, कहिले कविता सुनाएको, कहिले गीत गाएको भनेर आलोचना गरेका छन् ।

    कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए ।

    उनले भने, ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन र ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? ऐन त संसद्‍मा छलफल हुँदैछ । उपसमितिमा छ । त्यसपछि मूल हाउसमा आउँछ । संसद्‍बाट पारित हुन्छ । ऐन त आउँछ नै । यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ?’

    ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्‍यो ? तपाईंहरुले नै ल्याएको हो ऐन । तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि । तपाईंहरु नभए ऐन कसरी बन्छ ?’

    मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग पटक–पटक भेटघाट गरी शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेको र चाँडै टुंग्याउने प्रतिबद्धता जनाएकी थिइन्।

    तर, शिक्षा मन्त्रालयले वार्ताका लागि शिक्षकहरूलाई आह्वान गरे पनि सहमति जुट्न सकेन । शिक्षकहरूले मन्त्रीको राजीनामाले मात्र आन्दोलन नरोकिने र शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

    शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरूको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

    आजै मन्त्रीपरिषद् बैठक बसिरहेको र सो बैठकमा यस सम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री भट्टराईको राजीनामापछि सरकारले कसरी यो संकट समाधान गर्छ, त्यो आगामी दिनमा देखिनेछ ।

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् ।

    शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् । तर, स्रोतका अनुसार, प्रधानमन्त्री ओलीसँगको मतभेद र उनको दबाबका कारण मन्त्री भट्टराई राजीनामा दिन बाध्य भएको दाबी गरिएको छ ।

    प्रधानमन्त्री ओलीको शिक्षक आन्दोलनका विषयमा गरिएका टिप्पणीप्रति मन्त्री भट्टराई असन्तुष्ट थिइन् । पार्टीको बैठकमा पनि उनले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

    शिक्षकहरूको २० दिनदेखिको काठमाडौं केन्द्रित आन्दोलनले सरकारलाई दबाबमा पारेको छ । शिक्षा ऐन सम्बन्धी मागहरू पूरा गर्न सरकारले ठोस कदम चाल्न नसकेपछि मन्त्री भट्टराईमाथि प्रश्न उठेको थियो ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई लिएर मन्त्री भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री ओलीले उल्टै मन्त्री भट्टराईको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

    प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलप्रति बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । आजै पनि उनले शिक्षक आन्दोलनका नाममा कहिले जादु देखाएको, कहिले कविता सुनाएको, कहिले गीत गाएको भनेर आलोचना गरेका छन् ।

    कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए ।

    उनले भने, ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन र ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? ऐन त संसद्‍मा छलफल हुँदैछ । उपसमितिमा छ । त्यसपछि मूल हाउसमा आउँछ । संसद्‍बाट पारित हुन्छ । ऐन त आउँछ नै । यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ?’

    ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्‍यो ? तपाईंहरुले नै ल्याएको हो ऐन । तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि । तपाईंहरु नभए ऐन कसरी बन्छ ?’

    मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग पटक–पटक भेटघाट गरी शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेको र चाँडै टुंग्याउने प्रतिबद्धता जनाएकी थिइन्।

    तर, शिक्षा मन्त्रालयले वार्ताका लागि शिक्षकहरूलाई आह्वान गरे पनि सहमति जुट्न सकेन । शिक्षकहरूले मन्त्रीको राजीनामाले मात्र आन्दोलन नरोकिने र शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

    शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरूको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

    आजै मन्त्रीपरिषद् बैठक बसिरहेको र सो बैठकमा यस सम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री भट्टराईको राजीनामापछि सरकारले कसरी यो संकट समाधान गर्छ, त्यो आगामी दिनमा देखिनेछ।

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
    भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
    ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो
    नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
    एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय
    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

    • २.
      भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

    • ३.
      ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    • ४.
      नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

    • ५.
      एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

    • ६.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • ७.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ८.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.