• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

कसरी राजीनामा दिन बाध्य भयो शिक्षामन्त्री ? कारण नैतिक जिम्मेवारी की प्रधानमन्त्री ?

  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् ।

    Advertisement

    शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् । तर, स्रोतका अनुसार, प्रधानमन्त्री ओलीसँगको मतभेद र उनको दबाबका कारण मन्त्री भट्टराई राजीनामा दिन बाध्य भएको दाबी गरिएको छ ।

    प्रधानमन्त्री ओलीको शिक्षक आन्दोलनका विषयमा गरिएका टिप्पणीप्रति मन्त्री भट्टराई असन्तुष्ट थिइन् । पार्टीको बैठकमा पनि उनले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

    शिक्षकहरूको २० दिनदेखिको काठमाडौं केन्द्रित आन्दोलनले सरकारलाई दबाबमा पारेको छ । शिक्षा ऐन सम्बन्धी मागहरू पूरा गर्न सरकारले ठोस कदम चाल्न नसकेपछि मन्त्री भट्टराईमाथि प्रश्न उठेको थियो ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई लिएर मन्त्री भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री ओलीले उल्टै मन्त्री भट्टराईको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

    प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलप्रति बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । आजै पनि उनले शिक्षक आन्दोलनका नाममा कहिले जादु देखाएको, कहिले कविता सुनाएको, कहिले गीत गाएको भनेर आलोचना गरेका छन् ।

    कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए ।

    उनले भने, ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन र ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? ऐन त संसद्‍मा छलफल हुँदैछ । उपसमितिमा छ । त्यसपछि मूल हाउसमा आउँछ । संसद्‍बाट पारित हुन्छ । ऐन त आउँछ नै । यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ?’

    ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्‍यो ? तपाईंहरुले नै ल्याएको हो ऐन । तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि । तपाईंहरु नभए ऐन कसरी बन्छ ?’

    मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग पटक–पटक भेटघाट गरी शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेको र चाँडै टुंग्याउने प्रतिबद्धता जनाएकी थिइन्।

    तर, शिक्षा मन्त्रालयले वार्ताका लागि शिक्षकहरूलाई आह्वान गरे पनि सहमति जुट्न सकेन । शिक्षकहरूले मन्त्रीको राजीनामाले मात्र आन्दोलन नरोकिने र शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

    शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरूको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

    आजै मन्त्रीपरिषद् बैठक बसिरहेको र सो बैठकमा यस सम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री भट्टराईको राजीनामापछि सरकारले कसरी यो संकट समाधान गर्छ, त्यो आगामी दिनमा देखिनेछ ।

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् ।

    शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् । तर, स्रोतका अनुसार, प्रधानमन्त्री ओलीसँगको मतभेद र उनको दबाबका कारण मन्त्री भट्टराई राजीनामा दिन बाध्य भएको दाबी गरिएको छ ।

    प्रधानमन्त्री ओलीको शिक्षक आन्दोलनका विषयमा गरिएका टिप्पणीप्रति मन्त्री भट्टराई असन्तुष्ट थिइन् । पार्टीको बैठकमा पनि उनले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

    शिक्षकहरूको २० दिनदेखिको काठमाडौं केन्द्रित आन्दोलनले सरकारलाई दबाबमा पारेको छ । शिक्षा ऐन सम्बन्धी मागहरू पूरा गर्न सरकारले ठोस कदम चाल्न नसकेपछि मन्त्री भट्टराईमाथि प्रश्न उठेको थियो ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई लिएर मन्त्री भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री ओलीले उल्टै मन्त्री भट्टराईको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

    प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलप्रति बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । आजै पनि उनले शिक्षक आन्दोलनका नाममा कहिले जादु देखाएको, कहिले कविता सुनाएको, कहिले गीत गाएको भनेर आलोचना गरेका छन् ।

    कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए ।

    उनले भने, ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन र ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? ऐन त संसद्‍मा छलफल हुँदैछ । उपसमितिमा छ । त्यसपछि मूल हाउसमा आउँछ । संसद्‍बाट पारित हुन्छ । ऐन त आउँछ नै । यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ?’

    ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्‍यो ? तपाईंहरुले नै ल्याएको हो ऐन । तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि । तपाईंहरु नभए ऐन कसरी बन्छ ?’

    मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग पटक–पटक भेटघाट गरी शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेको र चाँडै टुंग्याउने प्रतिबद्धता जनाएकी थिइन्।

    तर, शिक्षा मन्त्रालयले वार्ताका लागि शिक्षकहरूलाई आह्वान गरे पनि सहमति जुट्न सकेन । शिक्षकहरूले मन्त्रीको राजीनामाले मात्र आन्दोलन नरोकिने र शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

    शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरूको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

    आजै मन्त्रीपरिषद् बैठक बसिरहेको र सो बैठकमा यस सम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री भट्टराईको राजीनामापछि सरकारले कसरी यो संकट समाधान गर्छ, त्यो आगामी दिनमा देखिनेछ।

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.