• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

दन्किँदै रास्वपाभित्र विवादै विवादको ज्वाला, अब सच्चीने की सक्कीने ?


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • समीन बरुवाल
    काठमाडौँ । गत निर्वाचनमा अप्रत्याशित मत ल्याएर संसदको चौथो ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)) हाल राजनीतिक संकट, आन्तरिक विवाद र कमजोर नेतृत्वको भूमरीमा फस्दै गएको छ।

    Advertisement

    पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरण, वरिष्ठ नेताहरूको पार्टी परित्याग र पछिल्ला समय नेतृत्वगत विवादहरूले रास्वपाको भविष्यमाथि नै “यो पनि सकिने बेला आयो आयो” भनेर प्रश्नचिन्ह खडा गरेको छ। अहिले सभापति लामिछाने प्रहरी हिरासतमा छन् । उनीमाथि चितवन र तनहुँका सहकारीहरूमा आर्थिक अनियमितता गरेको आरोप छ।

    यता, पार्टीभित्रको आन्तरिक असन्तोष र अस्थिरताको आगो दन्किँदै गएको छ। केही दिनअघि सह–महामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छिन्, जसलाई रास्वपाको आन्तरिक विवादको ज्वालामुखी विस्फोटनको स्पष्ट संकेतको रूपमा हेरिएको छ। यद्यपी सुमनाले एक व्यक्ती एक पदमा रहेर काम गर्न आफुले राजीनामा दीएकी बताए पनी पार्टी भित्रको उकुसमसकुसले सुमनाको राजीनामाको कारण त्यत्ती मात्र नहुन सक्ने देखिएको छ । राजीनामाको शृंखला यतिमै सीमित छैन । यसअघि अनिल केशरी शाह, डा. मुकुल ढकाल, ढाका कुमार श्रेष्ठ जस्ता प्रभावशाली नेताहरूले पनि पार्टी छाडिसकेका छन्।

    यदि यस्तै राजीनामाको लहर चलिरह्यो भने आगामी २०८४ को निर्वाचनसम्म रास्वपा नेता विहीन बन्ने खतरा नआउला भन्न सकीन्न । स्थापना भएको छोटो समयमै राष्ट्रिय राजनीतिमा ठूलो उपलब्धि हासिल गरेका रास्वपाका लागि अहिले धर्मसंकटको अवस्था आएको छ। यथार्थमै रास्वपाले गरेका गल्तीहरूको आत्मविश्लेषण गर्ने र त्रुटिहरूको गहिरो चिन्तन गर्नैपर्ने अवस्थाको रूपमा स्थापित भएको छ।

    रास्वपाले जनताहरू पुराना दलबाट वाक्कदिक्क भएर वैकल्पिक विकल्पको रूपमा फूल फुल्दा भमराहरूको हुल फूलमा आकर्षित भए झैँ रास्वपातर्फ आकर्षित भएका थिए भन्ने कुरा विश्लेषकहरू बताउँछन् । जनताको पुराना दलप्रतिको आक्रोशको अवस्थामा सान्त्वना र विश्वास बटुलेको रास्वपाले त्यो विश्वास कायम राख्न सकेन । रास्वपाले आफ्नो शुरुवाती भूमिकामा सत्ता बाहिर रहँदा नै जनताका पक्षमा बोलेर प्रशस्त जनमत बटुल्यो । तर, निर्वाचनपछि संसदको चौथो दल बनेको रास्वपाले गृहमन्त्रीको लोभमा सरकारमा सामेल हुने निर्णय गर्यो । विश्लेषक जैनेन्द्र जीवन भन्छन् , “सत्तामोहका कारण जनताको भरोसा गुमाउनु र अपराध लुकाउनु सत्ता सहकार्य गर्नु रास्वपाका लागि आत्मघाती सावित भयो ।”

    २०७९ पुस १० मा माओवादी केन्द्र, एमाले र रास्वपासहित बनेको सत्ता गठबन्धनमा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री बने। एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा उनी गृहमन्त्री बनेको घटनाले पार्टीभित्र आलोचना मात्र होइन, जनतामा पनि नकारात्मक सन्देश फैलिएको थियो । जसको परिणामस्वरूप, रास्वपाको आफ्नै आन्तरिक विवादका कारण लोकप्रियता घट्दै गएको देखिन्छ।

    रास्वपाको नेतृत्व तहमा शक्ति केन्द्रित हुनु र लामिछानेले हिरासतमा रहँदा सशक्त नेतृत्व विकास नगर्नु पार्टी भित्रको आन्तरिक विवादको कडी सवित हुदै गएको छ । “पार्टी एक व्यक्तिको वरिपरि मात्र केन्द्रित हुनु यसलाई रास्वपाको भविष्यको धरापको रूपमा लिन सकिन्छ” भनेर विश्लेषकहरू बताउँछन् । यदि रास्वपाले नेतृत्वको शुद्धिकरण, संगठन सुदृढीकरण र स्पष्ट वैकल्पिक नीति नलिएको खण्डमा, रास्वपा भित्रको आगोले रास्वपालाई भस्मासुर नबनाउला भन्न सकिन्न ।

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.