• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

बिहान खाली पेटमा खानुहोस् यो एक चिजले फैदई फाइदा !


  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित
  • उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले सफा हुन्छ । साथै दाँत र गिजा पनि बलियो हुन्छन् । दाँतका लागि ब्रस गर्नु मात्रै पर्याप्त छैन । दाँत र गिजालाई स्वस्थ राख्नका लागि अन्य केही विकल्प पनि अपनाउन आवश्यकता छ ।

    Advertisement

    क्याल्सियमयुक्त खानाले दाँत र गिजालाई बलियो बनाउँछ । भारतकी आयुर्वेदिक मसाज थेरापिस्ट निती शेठले इन्स्टाग्राममा आफ्नो एउटा पोस्टमा तिलका गुणबारे बिस्तारसँग बताएकी छिन् । शेठका अनुसार बिहान बिहानै भुटेको तिल चपाउँदा दाँत र गिजा बलियो हुन्छ । उनले लेखेकी छिन्, ‘तिल चपाएपछि मञ्जन वा पाउडर बिना नै एकपटक पुनः दाँत ब्रस गर्नुहोस् ।’ एक शोधमा पाइए अनुसार तिलमा क्याल्सियम भरपुर मात्रामा पाइन्छ जसले दाँत र गिजा वरिपरिका हड्डीलाई सुरक्षित राख्छ । यसले दाँत वरिपरि जमेको फोहोर हटाउने काम पनि गर्छ ।


    तिल खानुका अन्य फाइदा: बिहान बिहानै भुटेको तिल चपाउँदा कलेजो र पेट ठिक हुन्छ र पाचन तन्त्रमा सुधार आउँछ । शेठले लेखेका छन्, ‘ओरल हेल्थ हाम्रो दिनको महत्वपूर्ण हिस्सा हो । यो हाम्रो दाँत र गिजाका लागि मात्रै होइन यो पाचन तन्त्र, अंग र तन्तुलाई स्वस्थ राख्नका लागि पनि आवश्यक छ ।’ शेठ भन्छिन्, ‘तिल एक चमत्कारिक आयुर्वेदिक दाना हो । तिलले हड्डी, दाँत र कपाललाई बलियो बनाउन मद्दत गर्छ । यो कब्जियतका लागि पनि फाइदाजनक छ । तिलले सुख्खा खोकीमा पनि राहत प्रदान गर्छ ।’

    यो पनि,यस्ता व्यक्तिहरुले बिर्सेर पनि नखानुहोस् चुकन्दर, स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।

    कम रक्तचापमा नखानुहोस्: रक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईं यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको हो । गर्भवती महिलाका लागि हानिकारक: गर्भवती महिलालाई पनि चुकन्दरको सेवन नगर्न सल्लाह दिइन्छ । यसको अत्यधिक मात्रा गर्भवती महिलाका लागि खतरनाक हुनसक्छ ।

    मृगौलामा पत्थरी भएको अवस्थामा: मृगौलामा पत्थरीको समस्या छ भने चुकन्दर खाँदा तपाईंलाई हानी हुनेछ । यसले पत्थरीलाई बढाउने काम गर्छ । चुकन्दरले आइरनको कमी पूर्ती त गर्छ तर यसमा अक्सलेटको मात्रा अत्यधिक हुन्छ । अक्सलेटको सेवन अत्यधिक गर्दा मृगौलामा पत्थरीको समस्या बढ्ने गर्छ । जसलाई पहिले नै पत्थरीको समस्या छ, चुकन्दरको सेवनले यो समस्या बढाउन सक्छ ।

    हुनसक्छ एलर्जी: चुकन्दरमा भिटामिन, एन्टिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, पलीफिनोल्स र डायट्री फाइबरसहित विभिन्न पोषक तत्व पाइन्छन् तर यसका कारण केही मानिसहरुलाई एलर्जी पनि हुनसक्छ । यसले छालामा डाबर आउने समस्या निम्तिन सक्छ । चुकन्दर खाएपछि कुनै पनि प्रकारको एलर्जी वा छालामा डाबर देखिए यसको सेवन बन्द गरेर डाक्टरको सल्लाह लिनुहोस् ।

    ब्लड सुगरको स्तर बढाउन सक्छ: चुकन्दरको सेवन गर्दा ब्लड सुगरको स्तर बढ्न सक्छ । जसलाई मधुमेहको समस्या छ, उनीहरुले चुकन्दरको सेवन बिर्सेर पनि गर्नु हुँदैन । यसको ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ जसले तपाईंलाई हानी गर्नसक्छ । कलेजोलाई क्षती: चुकन्दरको अत्यधिक सेवनले कलेजोलाई क्षती पुर्याउन सक्छ । चुकन्दरमा कपर, आइरन, फस्फोरस, म्याग्नेसियमको उच्च मात्रा हुन्छ । यो तपाईंका लागि फाइदाजनक त हुन्छ तर यसको अत्यधिक सेवनले यी सबै कुरा कलेजोमा गएर जम्मा हुन थाल्छन् । यसले कलेजोलाई क्षती पुर्याउँछ ।

    शनिबार, माघ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्
    नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने
    झुम्का कारागारमा ज्वरोको कारण ६ दिनमा ४ कैदीको मृत्यु
    सर्पको टोकाइले मानिस किन मर्छ ?
    रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु
    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.