• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

लोकप्रिय समाचार

  • १. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • ५. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ६. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ७. कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

  • ८. १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

  • ९. रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

  • १०. पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई सुम्पिएर थाइल्यान्ड उडे ; प्रधानमन्त्री ओली


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

    प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।

    ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।

    थाइल्यान्डसँग नेपालको ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता हुनेछ । यसक्रममा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई सरकारी तथा गैरसरकारी क्षेत्रस्तीय ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

    द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

    सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले २१ चैतमा त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

    भ्रमणको क्रममा २२ चैतमा प्रधानमन्त्री बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन् भने त्यसै दिन उनले सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्रीले विभिन्न मुलुकका प्रतिनिधिमण्डलका अगुवासँग साइडलाइन वार्तँ गर्ने बताइएको छ ।

    प्रधानमन्त्रीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल सहभागी छन् ।

    यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ सदस्य टोलीमा छन् ।

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ
    पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !
    रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !
    ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द
    ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    Facebook Page

    लोकप्रिय

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    भर्खरै

    • १.
      ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

    • २.
      पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    • ३.
      रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

    • ४.
      ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

    • ५.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • ६.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ७.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ८.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.