• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

के के छन् ? पनिरका फाईदा हेर्नुहोस !


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ ।

    Advertisement

    यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट बनेको पनिरमा चिल्लोको मात्रा अत्यन्त कम हुन्छ । चिल्लोको मात्रा कम भएको पनिरमा ३० ग्राम प्रोटिन, ८ ग्राम कार्बोहाइड्रेट र चिल्लो केवल १ ग्राम मात्र हुन्छ । यही कारणले गर्दा रोगी व्यक्तिले पनि स्किम्ड मिल्क बनेको पनिर सेवन गर्न सक्छन् ।
    पनिर कसरी बनाउने रु

    त्यसो त पसलहरूमा तयारी पनिर पाइन्छ तर चाहेको खण्डमा घरमै आफैले पनि ताजा पनिर बनाउन सकिन्छ । राम्रो र नमर पनिर दूध फटाउने तरिकामा निर्भर गर्छ । राम्रो पनिर बनाउन सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।

    एक लिटर ताजा दूध उमाल्ने जब दूध उम्लन्छ आगोको आँच कम गर्नुपर्छ र दूधमा एउटा कागतीको रस निचोरिदिने र दूधलाई बिस्तारै–बिस्तारै चलाउने । जब दूध पूर्णरूपले फाट्छ, त्यसमाथि आगोबाट दूधलाई हटाउने र एउटा सफा मलमलको कपडामा छान्ने । फाटेको दूधबाट निस्किएको पानी कुनै भाँडोमा जम्मा हुन्छ र कपडामा बाँकी भएको ठोस पदार्थ रहन्छ । त्यस्सलाई छेना भनिन्छ । यो छेनामा एक गिलास चिसो पानी हाल्ने यसो गर्दा पनिर धेरै मुलायम हुन्छ । छेना राखेको कपडाबाट पानी तहकिएपछि यसलाई कुनै भारी वस्तुले चिथिदिने । १०–१५ मिनेटपछि तयार पनिरलाई सुविधानुसार टुक्रा पार्ने र प्रयोगमा ल्याउने ।

    दूध फटाउन कागतीबाहेक अमिलो हदी, साइट्रिक एसिड, सिरका र पनिरको पानी पनि प्रयोग गर्न सकिन्छ । एक लिटर दूधका लागि १ ठूलो चम्चा सिरकालाई डेढ कप पानीमा मिसाएर प्रयोग गर्ने । यदि अमिलो दूधले दूध फटाउँदै हुनुहुन्छ भने १र२ कप अमिलो दही प्रयोग गर्न सकिन्छ । यदि साइट्रिक एसिडले दूध फटाउनुपरेमा सानो चम्चा १ लिटर दूधका लागि पर्याप्त हुन्छ । साइट्रिक एसिडलाई पनि १–२ कप पानीमा घोलेर दूधमा मिसाउनुपर्छ ।

    यस्तो नगर्नुहोस्
    –उम्लिरहेको दूधमा कागतीको रसस हाल्नाले पनिर कडा हुन्छ ।
    फ्रिजमा राखेको दूधलाई फ्रिजबाट निकाल्नासाथ आँचमा राखेर फटाउनाले पनि पनिर राम्रो हुँदैन ।

    यसो गर्नुहोस्
    –निर मुलायम होस् भन्नका लागि सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।

    –पनिरलाई धेरै क्रिमी बनाउन चाहनुहुन्छ भने पनिरमा एक कप दही मिसाइदिनुपर्छ ।

    –दूध मनतानो भएपछि मात्र दूध फटाउनुपर्छ र पनिर राम्रो बन्छ ।

    –पनिरबाट निस्केको पानील दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।

    उपयोगी पनिरको पानीले दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।

    उपयोगी पनिरको पानी
    –पनिरको पानीको प्रयोग पिठो मुस्न प्रयोग गर्दा रोटी, परौंठा नरम हुन्छन् ।

    –कुनै पनि सुप बनाउँदा त्यसमा पनिरको पानी प्रयोग गर्नुहोस् ।
    –दाल तथा तरकारी पकाउँदा पनि पनिरको पानीको प्रयोग गर्न सकिन्छ जसले दाल र तरकारीलाई सोचेभन्दा बढी स्वादिष्ट बनाउँछ ।

    –पनिरको पानीमा २ चम्चा अमिलो दही मिसाएर राख्ने र भोलिपल्ट यसको प्रयोग कढी बनाउनका लागि गर्नुहोस् ।
    –पनिरको पानीमा एक चिम्टी चिनी र पिसेको अलैंची मिसाउनाले पौष्टिक पेय बन्छ ।

    –पनिरको पानीमा टुक्रा पारेर काटेको भेंडेखुर्सानी, गाजर र काउली बफाएर निकाल्ने, हिङ र जिराले झान्ने र कागती निचोरिदिने । पौष्टिक सुप तयार हुन्छ।
    –पनिरको पानीमा बेसन घोलेर पकौडा बनाउनाले पकौडा स्वादिष्ट हुन्छ ।

    –पनिरको पानीलाई फ्रिजमा राख्ने, दूध फटाउनुपरेमा यो पानी प्रयोगमा आउँछ ।
    –पनिरको पानीले फटाएको दूधको रसबरी पनि धेरै स्वादिलो र राम्रो हुन्छ ।

    –पनिरको पानी प्रोटिन र क्याल्सियमले पूर्ण छ । त्यसैले यसलाई खेर फाल्नु हुँदैन ।
    ताजा पनिर
    पनिरको प्रयोग हरेक मौसममा गर्न सकिन्छ । पनिर धेरै समयसम्म ताजा राख्नका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

    –पनिरलाई एउटा भाँडोमा राख्नुहोस् । पनिर डुब्ने गरी पानी भर्नुहोस् । यदि पनिरलाई लामो समयसम्म ताजा राख्नु छ भने भाँडोको पानी सधै फेर्नुपर्छ ।
    –पनिरलाई आफूले चाहेअनुसार टुक्रा पारेर एक मिनेट कडा आँचमा सकेर चिसो बनाएर फ्रिजमा राख्ने । यसो गर्दा पनिर बिग्रदैन ।
    सावधानी
    –पनिरलाई प्रयोग गर्नुअघि मनतातो पानीमा नुन, बेसार हालेर ५–१० मिनेट राख्ने । यसो गर्दा पनिर तरकारीमा मिसिँदैन ।

    –पनिरको तरकारी बनाउँदा अरु तरकारी लेदो बनाइसकेपछि केवल १–२ मिनेट मात्र पनिर यसमा मिसाएर पकाउनुपर्छ । यसो गर्दा पनिरको स्वाद यथावत् रहन्छ ।

    पनिर रोल
    २ सय ग्राम पनिर, १ सय ग्राम मावा, १ सय ग्राम नरिवल कोरेको ३ ठूलो चम्चा पिसेको चिनी, २ सानो चम्चा कोको पाउडर र २ ठूलो चम्चा वटर, १ ठूलो चम्चा पिसेको चिनी ।

    बटर, चिनी र कोको पाउडर मिसाएर फिट्ने । पनिर मावालाई कोरेर नरिवल र चिनीसँग मिसाउने, पनिर मिश्रणलाई रोल बनाएर वटर, कोको मिश्रणले वभर गर्ने । बटरमा फ्रिजमा १५ मिनेटसम्म राख्ने । बटर जमेपछि बीचबाट काट्ने । पेपर कपमा सजाएर सर्भ गर्ने ।

    पनिर स्ट्रा
    पनिरलाई हत्केलाले माडेर मसिनो गर्ने ।यसमा अलिकति टुक्रा पारेर काटेको सिमलामिर्च मिसाउने । एक चिम्टी पिनेको मरिच र नुन मिसाउने । ब्रेडस्लाइसको किनारा काटेर त्यसलाई बेल्नाले बेरेर पातलो बनाउने पनिरको मसला ब्रेडस्लाइसमा लगाएर रोल गर्ने । कुनै सफा धागोमा बाधेर २–३ मिनेटका लागि ओभनमा सेक्ने । कुरकुने पनिर स्ट्रालाइृ चियाको साथमा सर्व गर्न सकिन्छ ।

    टेस्टी पनिर टिक्का
    २ सय ५० ग्राम पनिरलाई चारपाटे टुक्रामा काटेर २ ठूलो चम्चा भुटेको बेसन, १ सानो चम्चा धुलो खुर्सानी, १ सानो चम्चा अदुवा लसुनको लेदा, २ ठूलो चम्चा दहीलाई मिसाएर फिटने र यो मिश्रणलाई पनिरको टुक्रामा लटपटाउने र सुइरोमा सिउरेर कडा हुने समय सम्म ओभनमा सेक्ने ।

    पनिर स्वीट स्क्वायर
    २ सय ग्राम पनिरलाई चारपाटे टुक्रामा काट्ने । ननस्टिक प्यानमा १ सानो चम्चा तेल अथवा घिउ लगाएर पनिरको टुक्रालाई कडा आँचमा १ मिनेट चलाउने जसले पनिरलाई कपडा बनाओस् तर पनिरको रंग परिवर्तन हुने गरी प्यानमा पकाइरहनु हुन्न । १ सय ५० ग्राम चिनीमा १–२ कप पानी हालेर गाढा चास्नी बनाउने । यसमा एक चिम्टी अलैंचीको धूलो मिसाउने । पनिरको टुक्रालाई चास्नीमा हालिदिने र छानिने छान्ने यसो गर्दा धेरै भएको चास्नी छानिन्छ । पनिरमा गुलाबजल हालेर सर्भ गर्न सकिन्छ ।

    तपाई आफूले पनि पनिरका विभिन्न परिकार तयार पार्न सक्नुहुन्छ । कुनै न कुनै प्रकारले आफ्नो दैनिक भोजनमा पनिरको सेवन गर्नुहोस् । किनभने पनिरमा पौष्टिक तत्वहरू पर्याप्त मात्रामा पाइन्छ ।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्
    नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने
    झुम्का कारागारमा ज्वरोको कारण ६ दिनमा ४ कैदीको मृत्यु
    सर्पको टोकाइले मानिस किन मर्छ ?
    रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु
    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.