काठमाडौँ । एक्सन सुपरस्टार विराज भट्टले बनाउ लागेको फिल्म ‘१२ गाउँ’को खलनायकमा कनिज कोइरालाई अनुबन्धित भएका छ ।
कनिज ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल(२००९) सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत हुन्। कनिजले प्रभासको ‘साहो’ बाहेक अरु केही फिल्ममा काम गरेका छन् ।उनले अभिनेता विराजसँग भोजपुरी फिल्म ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन्।
यसैसाता फिल्को नायिकामा मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्कालाई अनुबन्धित भएकी थिइन् । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा विराज भट्टले मुख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन्।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । फिल्म विराज आफैँले निर्देशन गर्नेछन् । सन् २०२४ मा रिलिज हुने बताएको फिल्म विराजको होमप्रोडक्सन विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।