१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजबाट ११६ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको हो।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंको ब्याटिङ ध्वस्त पार्ने क्रममा जनकपुरका राहुल यादवले सर्वाधिक चार विकेट लिए। सैफ हसनले दुई विकेट लिँदा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट हात पारे।
अब जनकपुरलाई जितका लागि ११६ रन आवश्यक छ।



