काठमाडौँ । रसुवामा आएको बाढीबाट पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति भएको छ । बुधबार संसद्को अन्तर्राष्ट्रिय समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति भएको जानकारी दिएका हुन् ।
मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विस्तार गर्ने समितिलाई जानकारी दिए । उक्त हेरिटेजमा संग्राहलय बनाउने हो कि, मनुमेन्सहरु बनाउने हो कि, पार्क, मूर्तिहरू त्यसको बारेमा सोतिरहेको उनले बताए ।
उनले जलवायु परिवर्तनका कारणले ठुलो विपत्ति भोगेको भन्दै नेपाल मात्र नभएर धेरै देशका नागरिकले क्षति भोग्नुपरेको बताए ।


