काठमाडौँ । नेपालले एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको छ ।
मंगलबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा प्राप्त गरेको २२८ रनको नयाँ लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
वर्षाका कारण केही समय अवरुद्ध भएको खेललाई ४८ ओभरमा झारेर नेपाललाई नयाँ लक्ष्य प्रस्तुत गरिएको हो ।
नेपालका लागि आसिफले सर्वाधिक १६१ रनको योगदान गरे । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र अजुर्नबीच २२० रनको उत्कृष्ट साझेदारी भएको थियो । यसैगरी, अर्जुन ६१ रनमा अविजित रहे । उनले बलमा ८२ बलमा सात चौका प्रहार गरे ।


